काठमाडौं- प्रदेशसभा सदस्यअन्तर्गत भक्तपुर निर्वाचन क्षेत्र नं. १ (क)मा नेपाली कांग्रेसले अग्रता लिएको छ। अहिलेसम्म ७ वडाको मतगणना सकिँदा नेपाली कांग्रेस विजय उन्मुख छ। कांग्रेस उम्मेदवार कृष्णलालले १० हजार ३ सय ९५ मत प्राप्त गरेका छन्।
त्यस्तै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार डीपी ढकालले ७ हजार ९ सय ५९ मत पाएका छन्। उनीहरुबीच २ हजार ४ सय ३६ मतअन्तर देखिएको छ।
यसैगरी नेपाल मजदुर किसान पार्टी उम्मेदवार निरज लवजुले २ हजार २ सय ४७ मत पाएका छन्। मत गन्न बाँकी रहेको वडामा नेमकिपा र कांग्रेसको मत बलियो रहेको मानिन्छ।
त्यहाँ नेकपाको मत कमजोर रहेकाले करिब २२/२३ सयको मतान्तरले कांग्रेस विजयी हुने अनुमान स्थानीयको छ। अहिले चाँगुनारायण नगरपालिकाका १, २, ३, ४, ५, ६ र ७ वडाको मत गणना सकिएको छ। अब मतणना भक्तपुर नगरपालिका अन्तर्गतको वडा नम्बर १० को मात्रै बाँकी छ।
यसअघि उक्त क्षेत्रमा नेकपाका हरि शरण लामिछाने १२ हजार ७ सय ८९ मत ल्याएर विजयी भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।