काठमाडौं- प्रदेशसभा सदस्यअन्तर्गत भक्तपुर निर्वाचन क्षेत्र नं १ (क) मा नेपाली कांग्रेस विजयी भएको छ। यसको औपचारिक घोषणा हुन भने बाँकी छ।
निर्वाचन आयोगका अनुसार कांग्रेस उम्मेदवार कृष्णलाल भँडेलले १३ हजार ४ सय ४९ मत प्राप्त गरेर विजयी भएका छन्। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार डिपी ढकालले भने ११ हजार २ सय ५ मत मात्रै प्राप्त गरे।
भँडेलले २ हजार २ सय ४३ मतान्तरले ढकाललाई पराजित गरेका हुन्। यसअघिको निर्वाचनमा उक्त क्षेत्रमा नेकपाका हरिशरण लामिछाने १२ हजार ७ सय ८९ मत ल्याएर विजयी भएका थिए।
कांग्रेसका जीवन खत्रीले भने ९ हजार ९ सय ७७ मत प्राप्त गरेका थिए। अघिल्लो चुनावमा भन्दा यसपालि कांग्रेसले मत बढाएको छ। यसअघि नेपाल मजदुर किसान पार्टी उम्मेदवार निरज लवजुले ७ हजार १९ मत पाएका थिए। यसपाली भने उनले ५ हजार ८ सय २९ मात्रै ल्याएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।