कास्की  २ मा विद्या भट्टराई दोब्बरले अघि

नेपाल लाइभ | २०७६ मङ्सिर १५ आइतबार | Sunday, December 01, 2019 ११:४८:०० मा प्रकाशित

पोखरा– प्रतिनिधि सभातर्फ कास्की निर्वाचन क्षेत्र नं २ को मतगणना जारी छ। पछिल्लो मत परिणामअनुसार अहिले नेकपाकी उम्मेदवार विद्या भट्टराई नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेलभन्दा दोब्बर भन्दा बढी मतले अघि छन्।

भट्टराईले ११ हजार ७ सय ३० मत प्राप्त गरेकी छिन् भने  कांग्रेसका उम्मेदवार पौडेलले ५हजार ८ सय ९३ मत ल्याएका छन्। 

वडा नम्बर ३३, २१, २० र १७ को मतगणना सकिएको छ।