महोत्तरी- महोत्तरीको पिपरा गाउँपालिकामा केहीबेर अघिसम्म अग्रस्थानमा रहेको राजपा अहिले पछि परेको छ भने अग्रस्थानमा नेकपा आइपुगेको छ।
अहिलेसम्म जारी मतगणनामा नेकपाका विक्रम चौधरीले २ हजार २ सय २८ मत प्राप्त गर्दै अग्रस्थानमा आएका छन् उनका निकटतम प्रतिद्वन्दी राजपाकी उम्मेदवार रविता कुमारीले २ हजार १ सय ३१ मत प्राप्त गरेकी छन्।
यसैगरी समाजवादी पार्टी नेपालका उम्मेदवार रामजानकी यादवले १ हजार ८ सय मत प्राप्त गरेकी छन्। कांग्रेसका विजय कुमार यादवले ८ सय ८६ मत पाएका छन्।
सिके राउत नेतृत्वको जनमत पार्टीकी अञ्जनीदेवी मण्डलले भने ३ सय ९५ मत पाएकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।