कास्की- पोखरा महानगरपालिकाको– २० स्थित मौंजा विसौंनामा आज बिहान माटोको ढिस्कोमा पुरिएर पाँच जना कामदारको मृत्यु भएको छ।
मृत्यु हुनेमा सल्यानको बाघचोर नगरपालिका–४, पेदीखोलाका तोबान बस्नेत, जितबहादुर बस्नेत, खिमलाल ओली र गणेश ओली रहेको जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रवक्ता राजकुमार केसीले जानकारी दिए।
भलाम–मौंजा ग्रामीण सडक खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर ती कामदारको मृत्यु भएको हो। रासस
सांकेतिक तस्बिर
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।