दाङ – दाङको प्रदेशसभा ३ (ख)को उपचुनावको पछिल्लो मतपरिणाम अनुसार नेकपाले अग्रता लिएको छ।
नेकपाकी उम्मेदवार विमलाकुमारी खत्री (वली)ले २७३१ मत प्राप्त गरेकी छिन्। उनलाई कांग्रेसका उम्मेदवार केशवराज शर्माले १९५८ मत प्राप्त गरेका छन्।
जिल्ला समन्वय समितिको सभाहलमा मतगणना बिहान ९ बजेबाट सुरू भएको हो।
जम्मा ६८ हजार ७ सय १९ जना मतदाता रहेको यो क्षेत्रमा ४५ हजार ७ सय १८ मत खसेको थियो । जसमा ३० हजार १ सय २८ जना पुरुष र २५ हजार ५ सय ९० जना महिलाले मतदान गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।