काठमाडौं– ललितपुर महानगरपालिका वडा नं. २८ का इन्जिनियर महेन्द्र महर्जन विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ। विशेष अदालत काठमाडौंमा आइतबार मुद्दा दायर गरेको हो।
सेवाग्राहीको घरको निर्माण सम्पन्न पश्चात निर्माण सम्पन्न प्रमाण-पत्र लिनका लागि रकम लाग्छ भनेर घुस रकम मागेको आरोपमा उनीमाथि मुद्दा दायर गरिएको छ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालबाट खटेको टोलीले महर्जनलाई सेवाग्राहीसँग रु. १० हजार घुसवापतको रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो।
उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम जरिवाना र कैद सजाय हुन मागदाबी गरिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।