पूर्वराजाको भैरहवा यात्रा

नेपाल लाइभ | २०७६ मङ्सिर १५ आइतबार | Sunday, December 01, 2019 १७:३९:०० मा प्रकाशित

काठमाडौं- देशदर्शनको कार्यक्रमलाई निरन्तरता दिँदै पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार साताव्यापी कार्यक्रमका लागि भैरहवा पुगेका छन्। उनलाई भैरहवा विमानस्थलमा स्थानीय तथा शुभेच्छुकहरुले स्वागत गरेका छन्।

पूर्वराजा शाह टाइगर प्यालेस रिसोर्टमा बस्ने उनका प्रेस सल्लाहकार फणिराज पाठकले जानकारी दिए। उनका अनुसार एक साता लामो यसपटकको पश्चिम यात्रामा बुटवल, मर्चवार,  पाल्पा, गोरुसिंगे, नवलपरासीलगायत भ्रमणको कार्यक्रम छ।

साथै सो क्षेत्रका जनतासँग भेटघाटसँगै  प्राय: हरेक क्षेत्रमा देविदेवता तथा मन्दिर दर्शनको कार्यक्रम रहेको पनि पाठकले बताए।

उनले सोमबार बुटवलमा शिवमन्दिर, मंगलबार मर्चवारमा भगवती मन्दिर, शुक्रबार गोरुसिंगेमा पशुपति र शनिबार नवलपरासीमा भगवती मन्दिरमा दर्शन गर्नेछन्। पूर्वराजा २२ गते आइतबार राजधानी फर्कनेछन्।

तस्वीरहरूः