चितवन- ट्र्याक्टरको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ।
इलाका प्रहरी कार्यालय माडीले दिएको जानकारीअनुसार मृत्यु हुनेमा माडी नगरपालिका-६ कल्याणपुरकी ९० वर्षीया देवकला खत्री रहेकी छन्।
नम्बर मेटिएको ट्र्याक्टरले खत्रीलाई आइतबार बिहान ठक्कर दिएको थियो। ठक्करबाट घाइते खत्रीको उपचारका क्रममा स्थानीय मेडिकलमा मृत्यु भएको प्रहरीले जनाएको छ।
खत्रीलाई ठक्कर दिने ट्र्याक्टरलाई प्रहरीले निन्त्रणमा लिएको छ। चालक भने फरार रहेका छन्। उनको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ। -रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।