काठमाडौं– मेडिसिटी अस्पतालका डाक्टर रोहितकुमार झाको पक्राउमा प्रचलित कानुन मिचिएको भन्दै डाक्टरहरुको संस्था जनरल प्राक्टिक्स एसोसिएसन अफ नेपालले विरोध जनाएको छ।
संस्थाका महासचिव डाक्टर सञ्जीव तिवारीले विज्ञप्ती जारी गर्दै असुन्धानको प्रक्रिया मिचिएको बताएका हुन्। ‘मेडिकल काउन्सिलले तोकेको विज्ञ चिकित्सकको संयोजकत्वमा बन्ने ५ सदस्यीय अनुसन्धान समिति गठन नगरी डाक्टर झालाई पक्राउ गरिनु कानुन मिचिनु हो’, विज्ञप्तीमा भनिएको छ, ‘कानुनी राज्यको उपहास हुने गरी एक कर्मठ चिकित्सकलाई हिरासतमा राखिएकोमा हामी खेद प्रकट गर्दछौं।’
कार्यक्षेत्रमै एक महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पक्राउ परेका डाक्टर झाको अनुसन्धान प्रक्रियागत ढंगमा अघि बढाउन एसोसिएसनले सरकारसँग माग गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।