काठमाडौं– सामाजिक सञ्जालमार्फत ८ लाख रुपैयाँ ठगी गरेको आरोपमा महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले दुई युवालाई पक्राउ गरेको छ।
पक्राउपर्नेमा सिन्धुपाल्चोककाे चौतारी साँगाचोकगढी– १० का २२ वर्षीय अमिर थापा र भक्तपुर कमलविनायका २४ वर्षीय अमन अवाल छन्। दुवैजना विद्यार्थी रहेको प्रहरीले जनाएको छ।
सामाजिक सञ्जाल ह्वाट्सएपमार्फत् भारतीय सीम प्रयोग गरेर अमेरिकाबाट विभिन्न ब्राण्डका ल्यापटप, मोबाइल, क्यामेरा, घडीलगायतका सामान सस्तो मूल्यमा पठाइदिने भनेर विज्ञापन गरेर ठगी गरेको पाइएपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
अनलाइनबाट सामान मगाई आफ्नाे बैंक खातामा रकम जम्मा गर्न लगाएर उनीहरुले ठगी गरेका थिए। रकम आफ्नो खातामा आएपछि उनीहरुले सामान अर्डर गर्नेहरुसँग सम्पर्कविहिन भएका थिए। यसरी अन्य व्यक्ति पनि ठगिएको भए उजुरी दिन प्रहरीले आग्रह गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।