काठमाडौ- बाग्लुङमा मंगलबार भएको जिप दुर्घटनामा ज्यान गुमाउने १४ जनाको पहिचान खुलेको छ।
मंगलबार बिहान बागलुङको बडिगाड गाउँपालिकामा जिप खोलामा खस्दा १४ जनाको घटनास्थलमै मृत्यु भएको थियो। जिप मध्यपहाडी लोकमार्गबाट पाँच सय मिटर तल खोलामा खसेको थियो।
जिपमा रहेकामध्ये नौ महिला, चार पुरुष र एक बालकको घटनास्थलमै मृत्यु भएको थियो। ज १ ज ५२१९ नम्बरको जिप दुर्घटनामा घाइतेहरुको हेलिकप्टरमार्फत उद्धार चलिरहेको छ। दुर्घटनामा ३ जना घाइते भएका छन् भने १ जना बेपत्ता भएको प्रहरीले जनाएको छ। बागलुङ–गुल्मी बुर्तिवाङ चल्ने जिप दुर्घटना भएको थियो । घाइतेहरुलाई लिन काठमाडौंबाट अपरान्ह १ बजे नेपाली सेनाको हेलिकप्टर बुर्तिवाङका लागि उडेको थियो।
मृत्यु हुनेहरु
वर्ष २६ की सूचना कार्की
वर्ष ६५ का धनबहादुर कार्की
वर्ष ४० की बसुन्धरा कार्की
वर्ष २३ की माया थापा, इस्मा गाउँपालिका ३
वर्ष ६० की भूमा कार्की, नवलपरासी बर्दघाट
वर्ष २५ की लक्ष्मी केसी, बडिगाड गाउँपालिका ५
४० वर्षीय सीता कार्की, इस्मा गाउँपालिका ४
१० वर्षकी अनुस्का कार्की, इस्मा गाउँपालिका ४
६५ वर्षका झवि कार्की, इस्मा ४
४० वर्षका महेन्द्र कार्की, इस्मा ४
४५ का भूमि कार्की
वर्ष २५ की मीना बस्नेत
वर्ष ३० की तुलसी कार्की
वर्ष ६५ का धनबहादुर कार्की
घाइतेहरु
२५ वर्षीय रेशम थापा, इस्मा ५ दोबाटोका
सूचना कार्कीका ५ वर्षीय छोरा
पहिचान खुल्न नसकेका एकजना
हराई रहेका
६० वर्षका धनबहादुर कार्की
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।