काठमाडौं- न्याय परिषद्ले रिक्त सात जिल्ला न्यायाधीशमा सिफारिस गरेको छ। र उनीहरूलाई मंगलबार नै नियुक्त पनि गरिएको छ।
मंगलबार बसेको परिषद्को बैठकले देशभरका अदालतमा कार्यरत रहेका कर्मचारीबाट न्यायाधीश सिफारिस गरेको हो। सर्वोच्च र जिल्ला अदालतमा रिक्त न्यायाधीश नियुक्तिका लागि बसेको बैठकले जिल्ला न्यायाधीशमात्र सिफारिस गरेको हो।
परिषद्ले गेहेन्द्रराज पन्त,विद्याराज पौडेल,महेन्द्रराज काफ्ले,टेकराज जोशी ,इन्दिरा शर्मा , मनकुमारी जिएम विक र रिता कुमारी बख्रेललाई जिल्ला न्यायाधीशमा सिफारिस गर्दै नियुक्त समेत गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्र सम्सेर राणाको अध्यक्षतामा बसेको बैठकले कर्मचारीहरुलाई सिफारिस गरेको हो।
यसअघि जिल्ला न्यायाधीशका लागि खुल्ला परिक्षा भएको थियो। खुल्ला परिक्षापछि पूर्ति हुन बाँकी रहेको स्थानमा परिषद्ले सिफारिस गरेको हो। मंगलबार बसेको बैठकमा कानुनमन्त्रीको रुपमा पहिलो पटक उपेन्द्र यादव सहभागी भएका थिए।
नियुक्त न्यायाधीशहरूको सूचीः
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।