काठमाडौं- १३औं दक्षिण एसियाली खेलकुद (साग) मा करातेको ६८ केजी तौल समूह माथि नेपालकी अनुपमा मगरले स्वर्ण पदक जितेकी छिन्।
सातदोबाटोस्थित कराते हलमा आज भएको खेलमा अनुपमाले पाकिस्तानकी नर्गिसलाई ६–३ अंकले पराजित गर्दै स्वर्ण जितिन्। सुरुमै पाकिस्तानी खेलाडीले अग्रता बनााएपनि अनुपमाले उत्कृष्ट पुनरागमन गर्दै जितेकी हुन्।
नर्गिस एसियन गेम्सकी कास्य पदक विजेता हुन्।
यसअघि उनले श्रीलंकाका कुलाथुंगा विजेकुनलाई ७–४ अंकमा पराजित गर्दै फाइनल पुगेकी थिइन्।
यसअघि ५० केजी तौल समूहमा अहमद नोमानसँग ४–३ अंकले पराजित हुँदै सोनाम लामाले कास्य पदकमा चित्त बुझाए। यो तौल समूहमा सोनामलाई पराजित गरेका अहमदले नै श्रीलंकाका खेलाडीलाई पराजित गर्दै स्वर्ण जिते
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।