काठमाडौं- १३ औं दक्षिण एसियाली खेलकुद (साग) को उसुमा नेपालका दीपक हमालले स्वर्ण पदक जितेका छन् ।
उनले उसुको पुरुष अलराण्डतर्फ च्वाङक्वानमा स्वर्ण पदक जितेका हुन् । दीपकले १९.३२ अंक प्राप्त गर्दै स्वर्ण पदक जिते।
रजत पदक जितेका भारतीय खेलाडी साजन लामाले १९.१२ अंक पाए। कास्य पदक पाएका बंगलादेशका मोहम्मद अमिर हुसेनले १७.१८ अंक पाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।