काठमाडौं- १३औं दक्षिण एसियाली खेलकुद (साग) को करातेअन्तर्गत महिला टिम फाइटमा पाकिस्तानले स्वर्ण जितेको छ।
सातदोबाटोमा भएको करातेको महिला टिम फाइटमा बंगलादेशलाई पराजित गर्दै पाकिस्तानले स्वर्ण जितेको हो।
पाकिस्तानसँग नै पराजित भएको नेपालले भने कास्य पदकमा चित्त बुझाएको छ। नेपाली टिममा अनु गुरुङ, रिता कार्की र एस्टर राई थिइन्।
टिमको पहिलो फाइटमा अनु कुल्सुनसँग ७–५ ले पराजित भइन्। एस्टर पाकिस्तानकी सनासँग पराजित भएसँगै नेपालले कास्यमै सीमित बन्न पुगेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।