जनकपुर- महोत्तरीको सदरमुकाम जलेश्वर नगरपालिकाबाट प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।
आज बिहान नेपाल प्रहरी र शसस्त्र प्रहरी बल बिओपी जलेश्वरबाट खटिएको संयुक्त प्रहरी टोलीले जलेश्वर नपा- ६ सानो धबौलिबाट लागूऔषधसहित एकडाँरा गाउँपालिका- ३ बस्ने २४ वर्षीय पप्पु कुमार मण्डल र रोशन कुमारलाई पक्राउ गरेकाे हाे।
ज १२ प ८३४ नं. को मोटर साइकल चेकजाँचका क्रममा उनीहरुकाे साथबाट प्रोमेथाजाइन हाइड्रोक्लोराइड इन्जेक्सन ९८ पिस, बुप्रेनोफाइन इन्जेक्सन १०० पिस, इन्ट्राजिपान ट्याबल्ट ९०० पिस, डाइजोपाम इन्जेक्सन १०० पिस बरामद गरिएको छ।
पक्राउ परेका दुवैलाई लागूऔषध ओसारपसार अन्तर्गत मुद्दा चलाउने तयारी भएकाे प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।