पोखरा– १३ औं दक्षिण एसियाली खेलकुद (साग) को ट्रायथलन खेलमा नेपालले २ स्वर्ण, ३ रजत र १ कास्य पदक प्राप्त गरेको छ।
पोखरामा मंगलबार सम्पन्न ट्रायथलन खेलमा नेपाल, भारत र श्रीलंकाका २६ खेलाडी ५ स्वर्णका लागि प्रतिस्पर्धा गरेका थिए। नेपालले ट्रायथलन महिलातर्फको स्प्रीन्ट विधामा सोनी गुरुङ र दुआथलन पुरुषतर्फको स्प्रीन्ट विधामा हिमाल टमटाले एक÷एक स्वर्ण नेपाललाई दिलाए।
त्यसैगरी, दुआथलन पुरुषतर्फको स्प्रीन्ट बिधामा लक्ष्मण मल्ल र सोही बिधाको महिलातर्फ हुमी बुढा मगरले नेपाललाई रजत पदक दिलाएका छन्।
बुधबार विहान भएको मिक्स टिम रिले ट्रायथलनमा नेपालले रजत पदक जितेको छ। सोनी गुरुङ, दिपेश चौधरी, केशरी थापा मगर र बसन्त थारुको टिमले रजत पदक जितेको हो।
त्यस्तै पुरुषतर्फको स्प्रीन्ट बिधाको ट्रायथलनमा बसन्त थारुले नेपाललाई कास्य पदक दिलाएका थिए। योसँगै नेपालले ट्रायथलनमा २ स्वर्णसहित कुल ६ पदक प्राप्त गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।