पोखरा– १३औं दक्षिण एसियाली खेलकुद (साग) को महिला ह्याण्डबलमा नेपालले विजयी सुरुवात गरेको छ।
पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा भएको महिला ह्याण्डबलको उद्घाटन खेलमा घरेलु टोली नेपालले श्रीलंकामाथि २९–१९ को सहज जित निकालेको हो।
नेपालको जितमा उमा राईले सर्वाधिक ८ गोल गरिन्। उमाले सबै गोल पेनाल्टीबाट गरेकी हुन्। नेपालका लागि कविता राईले ६ गोल गर्दै उत्कृष्ट प्रदर्शन गरिन्। नेपालकी निशा राई र कल्पना ओलीले समान ४–४ गोल गोल गरिन्। कप्तान रञ्जना राई र दुर्गा बोहराले समान २–२ गोल गरिन्।
श्रीलंकाको तर्फबाट रुवानी डीले सर्वाधिक ७ गोल गरिन्।
घरेलु मैदानको फाइदा उठाउदै घरेलु नेपाली टोलीले विपक्षी श्रीलंकनलाई खेल अवधिभर पूरै दवावमा राख्न सफल रह्यो ।
बुधबार नै भएको दोस्रो खेलमा भारतले माल्दिभ्सलाई ४१–९ को फराकिलो गोल अन्तरले पराजित गरेको छ । आक्रामक भारतसामु मालदिभ्स निरिह देखिएको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।