जलेश्वर- ठूलो परिमाणमा लागुऔषधसहित प्रहरीले महोत्तरीमा एक युवकलाई पक्राउ गरेको छ।
पक्राउपर्नेमा एकडारा गाउँपालिका-३ अमरपट्टीका २४ वर्षीय पप्पुकुमार मण्डल रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए।
सिमावर्ती भारतीय शहर भिठ्ठामोडबाट ज १२ प ८३४ नम्बरको मोटरसाइकलमा चढेर नेपाल आउने क्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले जलेश्वर नगरपालिका-६ स्थित सडकमा चेकजाँच गर्दा ठूलो परिमाणमा लागुऔषधसहित उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
उनको साथबाट प्रहरीले लागुऔषध प्रोमेथाजिन हाईड्रोक्लोराइड इन्जेक्सन २ एमएलको ९८ पिस, बुप्रेनोर्फिन इन्जेक्सन २ एमएलको १ सय पिस, डाइजेपाम इन्जेक्सन २ एमएलको १ सय पिस र इन्ट्राजेपाम ट्याब्लेट १० लेखिएको ९ सय पिस बरामद गरेको जनाइएको छ। -रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।