काठमाडौं- जितहारबारे पहिल्यै जानकारी दिने उपकरणजडित तासको गड्डीसहित पक्राउ परेका सर्लाहीको बरहथवा नगरपालिका(९ का ३६ वर्षीय निरबहादुर कार्की रिहा भएका छन्।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश श्रीकृष्ण भट्टराईले उनलाई २४ दिन थुनामा राख्न र ३ हजार रुपैयाँ धरौटीमा माग गरेपछि बुधबार उनी रिहा भएका हुन्। गत कात्तिक २२ गते पक्राउ परेका उनी २४ दिन हिरासत बसिसकेकाले उनको कैद मिनाहा भएको थियो। बाँकी ३ हजार धरौटी बुझाएपछि उनी रिहा भएका हुन्।
रिहा भएका कार्कीले चीनको ग्वान्जाओबाट सेन्सरजडित तास र हारजित पहिल्यै पत्ता लगाउने उपकरण ल्याएका थिए। करिब ५० लाख रुपैयाँको हाराहारीमा यस प्रकारका उपकरण उनले भित्र्याएको अनुसन्धानबाट खुलेको थियो।
कस्तो हुन्छ उपकरणजडित तास?
कसलाई के तास परेको छ र कसले जित्छ भन्नेबारे पहिल्यै जानकारी दिने उपकरणहरु मोबाइलदेखि, घडी, पर्स, कपडा र पैसामा समेत जडान गर्ने गरेको पाइएको थियो। यसरी हेर्दै नहेरी तासको पहिचान गर्ने दुईवटा तरिकाका उपकरण कार्कीले भित्र्याएको पाइएको हो।
तासको बीच भागमा चिपकार्ड प्रयोग गरिएको हुन्छ। उक्त चिप कार्ड रिड गर्न मोबाइल, घडी, पर्स, सर्ट तथा नोटको बिटोमा समेत उपकरण जडान गरिएको हुन्छ।
यस्ता उपकरणले कसलाई के तास गएको छ र कसले खेल जित्छ भन्ने जानकारी दिन्छ। यो जानकारी अरुले थाहा नपाउन् भन्नका लागि कानमा सानो किसिमको इयरफोन लगाइन्छ। र, इयरफोनलाई टोपीले छोपिन्छ। त्यसपछि तास बाँड्न सुरु गर्ने बेलैमा कसले जित्छ भन्ने जानकारी कानमा घुसाइएको इयरफोनले खुसुक्क दिने गर्थ्यो।
तास चिन्ने अर्को तरिका भने अलि भिन्न छ। यस किसिमको तासको बाहिरी भागमा समेत भित्री भागको तास ९जस्तै एक्का, बास्सा० को संकेत हुन्छ। तर हाम्रो नांगो आँखाले यस किसिमको संकेत देख्दैन। त्यसका लागि सानो सिसीको बोतलमा झोलभित्र मेसिन लेन्स राखिएको हुन्छ। उक्त लेन्स आँखामा राखेर उपकरणजडित चस्मा लगाएपछि कसलाई के तास परेको छ भन्ने जानकारी दिन्छ।
पक्राउ परेका कार्कीले यसरी जडान गरिएका लेन्स र तास प्रतिसेट १ लाख रुपैयाँमा बेच्दै आएका थिए। यस्तो तास किनेपछि हारजित पहिल्यै थाहा हुने भएकाले हार्ने सम्भावना भने हुँदैन।
पक्राउ परेका कार्कीले भने आफूले अहिलेसम्म यी उपकरणजडित तास नखेलेको, तर बेचेको मात्रै गरेको जनाएका थिए। यी उपकरण किनेर तास खेल्नेले नहार्ने गरेको उनको दाबी थियो।
कार्कीले एक चिनियाँको सम्पर्कमार्फत काठमाडौं भित्र्याएका यी अवैधानिक उपकरण बरामद भएपछि क्यासिनोमा तास खेल्नेहरु समेत झस्किएका छन्। उनीहरुमध्ये केहीले तासमा उपकरण जडान गरिएकोरनगरिएकोबारे हेरिदिन आग्रह गर्दै प्रहरीसम्म पुगेका थिए।
कार्कीको कोठाबाट प्रहरीले नेपाली नोट काटेर त्यसमा सेन्सरजडित उपकरण जडान गरिएको अवस्थामा केही नोट पनि बरामद गरेको थियो। जसकारण प्रहरीले सोही मुद्दा चलाएको थियो।
उक्त मुद्दामा २४ दिन कैद र ३ हजार जरिवानाको फैसला सुनाएपछि कार्की रिहा भएका हुन्।
ठूलो मात्रामा विभिन्न उपकरण भन्सार छलेर भित्र्याएको हुनसक्ने भन्दै प्रहरीले उनलाई राजश्व अनुसन्धान विभागमा समेत पठाउने तयारी गरेको छ। मुद्राको केसमा उनी रिहा भए‚ अब उनलाई अनुसन्धानको राजश्व अनुसन्धान विभाग पठाइन्छ‚’ कालिमाटी वृतका डिएसपी रुगम कुवँरले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।