जनकपुर– १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत कुस्ती प्रतियोगिता शुक्रबारदेखि जनकपुरमा आयोजना गरिँदैछ। शुक्रबारदेखि चार दिनसम्म चल्ने कुस्तीका लागि नेपालसमेत पाँच देशका खेलाडी सहभागी हुँदैछन्। नेपाल, भारत, बंगलादेश, श्रीलङ्का र पाकिस्तानका खेलाडी जनकपुर आइपुगेको धनुषा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कमलकिशोर चौधरीले जानकारी दिए।
यी हुन् नेपाली नेपाली खेलाडीहरु: पुरुषतर्फ नरेश यादव, सरोज यादव, बुन्नीलाल राउत अहिर, राज यादव, सागर यादव, सुरेश चुनारा र सुमिरकुमार साह
महिलातर्फ मनिषा सिंह, संगीता धामी, सुशीला चन्द, सिवांगी दुवे, अम्बिका भण्डारी, निर्मला जागरी र कोमल खत्री
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।