जनकपुर- धनुषामा ट्रयाक्टरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ।
ढल्केवर जनकपुर रनजमार्गकाे मिथिला नगरपालिका २ नक्टाझिजकाे हजरा चाेक सडक खण्डमा मनिङ वाकमा निस्केकी महोत्तरी सरपल्लोकी संगिता ठाकुर बरहीको गढीमाई मेलाबाट र्फकेका ज १ त ५८८६ नम्बरको ट्र्याक्टरले पछाडिबाट ठक्कर दिँदा घटना स्थलमै मृत्यु भएको छ।
शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको प्रहरीले जनाएको छ। ठक्कर दिने ट्र्याक्टर प्रहरी नियन्त्रणमा छ भने चालक फरार रहेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।