काठमाडौं- १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत उसुमा नेपालकी निमा घर्तिमगरले स्वर्ण जितेकी छिन्।
लगनखेलस्थित आर्मीको कभर्डहलमा उसुको थाउलोअन्तर्गत महिला नान्दोमा निमाले स्वर्ण जितेकी हुन्।
उनले कुल १८.९१ अंक जोडेर स्वर्ण जितेकी हुन्। १६.३ अंक बटुलेकी बंगलादेशकी मोर्जिना अख्त्तरले रजत पदक पाइन्।
यसअघि सन् २०१६ मा भारतमा भएको १२औं सागमा पनि निमाले स्वर्ण नै जितेकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।