काठमाडौं- १३औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिताकाे उसुमा नेपालका विश्व बुढामगर र मिना ग्लान रजत पदक मै सीमित भएका छन्।
लगनखेलस्थित आर्मीको कभर्डहलमा बिहीबार भएको खेलमा विश्व बुढामगर भारतीय खेलाडी सुरज सिंहसँग झिनो अन्तरले पराजित हुदै रजत पदकमा सीमित भए। उसुको गुन्सु अल राउण्डतर्फ विश्वले १९.१३ अंक पाउँदा स्वर्ण जितेका भारतीय खेलाडी सुरजले १९.२२ अंक पाए। त्यस्तै, बंगलादेशका रसेल हुसेनले कास्य पदक पाए।
त्यस्तै, मिना ग्लान पनि स्वर्ण पदक जित्नबाट चुकेकी छिन्। पहिलो पटक साग खेलकुद खेलेकी मिनाले उसुको थाउलोतर्फ ताइजिजियानमा १८.४४ अंक ल्याउँदै रजत पदक जितेकी हुन्। स्वर्ण जितेकी श्रीलंकाकी गुनासेकराले १८.६६ अंक प्राप्त गरिन्।
यो स्पर्धामा बंगलादेशकी दिप्ती दासले कास्य पाइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।