काठमाडौं- पाल्पाको तिनाउ गाउँपालिका-५ चौबिसमाइलस्थित सिद्धार्थ राजमार्गमा जिप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ।
लु १ ज ४२०९ नम्बरको जिप सडकबाट अन्दाजी २ सय मिटर तल खसेको थियो। जिपमा सवार दुई पुरुषको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ। ज्यान जाने पुरुषको पहिचान भइसकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।