काठमाडौं- १३औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिताको साइक्लिङमा नेपालकी लक्ष्मी मगरले स्वर्ण जितेकी छिन्।
बिहीबार गोकर्णमा भएको साइक्लिङमा लक्ष्मीले क्रस कन्ट्रीको ४ किलोमिटरमा स्वर्ण जितेकी हुन्। यहि स्पर्धामा नेपालकी उषा खनालले रजत पदक पाइन्।
लक्ष्मीले निर्धारित दूरी १ मिनेट २०.२० सेकेण्डमा पूरा गरिन् भने उषाले १ मिनेट ३५.५२ सेकेण्डमा पूरा गरिन्।
कास्य पदक जितेकी भारतकी प्रनिता प्रफुल सोमनले निर्धारित दूरी १ मिनेट ३६.२९ सेकेण्डमा पूरा गरिन्।
योसँगै साइक्लिङमा नेपालले ३ स्वर्ण जितेको छ। राजेश मगर र निश्मा श्रेष्ठले स्वर्ण जितेकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।