काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली आज डिस्चार्ज हुने भएका छन्।
महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा १० दिनदेखि उपचाररत ओलीलाई दिउँसो ३ बजे डिस्चार्ज गरिने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। उनको १० दिनअघि सेन्टरमा एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो।
मृगौलाको समस्याबाट पीडित ओलीलाई एक्कासी पेट दुख्ने समस्या भएपछि अस्पताल भर्ना गरिएको थियो। एपेन्डिसाइटिस भएको पत्ता लागेपछि तत्काल शल्यक्रिया गरिएको थियो।यसै अवधिमा उनको डायलासिस पनि भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।