काठमाडौं- १३औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिताको साइक्लिङमा नेपालका बुद्धिबहादुर तामाङले स्वर्ण पदक जितेका छन्।
बिहीबार गोकर्णमा भएको साइक्लिङमा बुद्धिबहादुरले क्रस काउन्ट्रीको ४ किलोमिटरमा स्वर्ण जितेका हुन्। यहि स्पर्धामा नेपालक कै राजिव राईले रजत पदक जिते।
बुद्धिबहादुरले १ मिनेट १९.०८ सेकेण्डमा निर्धारित दूरी पूरा गरे। त्यस्तै, राजिवले १ मिनेट १९.४० सेकेण्डमा पूरा गरे। कास्य पदक पनि नेपालकै ओकेशराज बज्रचार्यले जिते।
योसँगै साइक्लिङमा नेपालले ४ स्वर्ण जितेको छ। यसअघि राजेश मगर, निश्मा श्रेष्ठ र लक्ष्मी मगरले स्वर्ण जितेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।