काठमाडौं- यस साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक १९ दशमलव १३ अंकले बढेको छ।
साताको पहिलो दिन आइतबार कारोबार सुरु हुँदा १ हजार १ सय १२ दशमलव ७९ अंकको बिन्दुमा रहेको परिसुचक साताको अन्तिम दिन बिहीबार कारोबार बन्द हुँदा १ हजार १ सय ३१ दशमलव ९२ अंक कायम भएको छ। बिहीबार मात्र परिसुचकमा ७ दशमलव ४५ अंकको वृद्धि देखियो भने बुधबार साढे ८ अंकले बढेको थियो।
बिहीबारको कारोबारमा १ सय ८६ वटा कम्पनीको १० लाख ९५ हजार १ सय ८८ कित्ता सेयर ६ हजार ८५ पटक खरिदबिक्री हुँदा ३५ करोड ८८ लाख ३९ हजार ८ सय रुपैयाँ बराबरको कारोबार भएको छ।
बिहीबार उत्पादन समूहको उपसचुक १५ दशमलव १४ अंकले घट्यो भने बाँकी सबै समुहको उपसुचक बढेको छ। सबैभन्दा धेरै जीवन बीमा समूहको उपसुचक १ सय ५३ दशमलव २१ अंकले बढेको छ।
कारोबार रकमका हिसाबले नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ३ करोड ५१ लाख ३१ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।