पोखरा- १३औं दक्षिण एशियाली खेकलुद प्रतियोगिता अन्तर्गत बंगलादेश महिला क्रिकेटको फाइनलमा प्रवेश गरेको छ। बंगलादेश मालदिभ्सलाई २ सय ४९ रनको फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो।
पोखरा रंगशालामा बिहीबार भएको खेलमा टस जितेर ब्याटिङ्ग गरेको बंगलादेशले पुरा २० ओभर खेल्दै २ विकेटको क्षतिमा २ सय ५५ रनको विशाल योगफल तयार पारेको थियो। बंगलादेशका दुई खेलाडीले शतक प्रहार गरे। प्लेयर अफ द म्याच निगार सुल्तानले अविजित १ सय १३ तथा फरगंगा हकले अविजित १ सय १० रनको महत्वपूर्ण योगदान दिए। ६५ बलको
सामना गरेकी सुल्तानले ३ छक्का र १४ चौका प्रहार गरिन्। विस्फोटक व्याटिङ्ग गरेकि फरगंगाले मात्रै ५३ बलमा २० चौका प्रहार गरेकि थिइन्। मालदिभ्सयको बलिङ्गमा समा अलिले १ विकेट लिइन्।
जितका लागि २ सय ५६ रनको विशाल लक्ष्य पछ्याएको माल्दिभ्स ६ रनमै अलआउट भयो । बलियो बंगलादेशबिरुद्ध ब्याटिङमा उत्रिएका मालदिभ्सका खेलाडी एकपछि अर्को गर्दै खातै नखोली पेभेलियन फर्किए। मालदिभ्सका समा अलिले २ तथा इस्माइस र अतिमाथले १–१ रन मात्रै बनाए। अन्य खेलाडीले खातासमेत खोल्न सकेनन्। मालदिभ्सले २ रन भने अतिरिक्त रनका रुपमा पाएका थिए। बंगलादेशको बलिङ्गमा रितु मोनी र सलमान खातुनले समान ३–३ विकेट लिए भने रबेया खान र पुजा चक्रावर्तीले पनि एक एक विकेट लिए।
महिला क्रिकेटमा नेपालले शुक्रबार श्रीलंकासँग खेल्नेछ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।