एजेन्सी- अमेरिकी संसदको तल्लो सदनले राष्ट्रपति डाेनल्ड ट्रम्पविरुद्ध महाभियोग छानबिन औपचारिक रुपमा सुरु गर्ने प्रस्तावलाई अनुमोदन गरेको छ।
यसको मतलब यो होइन कि राष्ट्रपति ट्रम्पविरुद्ध महाभियोगको लागि स्वीकृति दिइयो। यसको अर्थ राष्ट्रपति ट्रम्पविरुद्ध अनुसन्धान सार्वजनिक चरणमा पुग्नेछ।
ह्वाइट हाउसले उक्त प्रस्तावको निन्दा गरेको छ। अब राष्ट्रपति ट्रम्पविरुद्धको छानबिन अब अर्को चरणमा पुगेको छ, जसको परिणामले राष्ट्रपतिलाई महाभियोगको कारवाहीको सिफारिशमा ल्याउन सक्छ। यदि यो भयो र प्रतिनिधि सभाले यसको समर्थन गर्यो भने राष्ट्रपति ट्रम्पविरुद्ध सुनुवाइ अमेरिकी संसदको माथिल्लो सदन सिनेटमा हुनेछ।
तल्लो सदन प्रतिनिधिसभाकी सभामुख एवं विपक्षी दलकी वरिष्ठ नेता न्यान्सी पेलोसीले राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध शक्तिको दुरुपयोगको आरोपमा महाभियोग लगाइने बताएकी छन्। राष्ट्रपति ट्रम्पले भने आरोप गलत भन्दै चाँडो यो प्रक्रिया टुँग्याएर देशका मुद्दामा केन्द्रीत हुन आग्रह गरेका छन्।
पेलोसीले अमेरिकाको प्रजातन्त्र दाउमा परेको भन्दै राष्ट्रपतिले अन्य विकल्प आफ्ना सामु नछाडेको बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।