आफन्तको पर्खाइमा पीडामा दिन बिताउँदै बेपत्ता परिवार

रोल्पा- बेपत्ता भएको लामो समयसम्म आफन्तजनका बारेमा कुनै जानकारी नपाउँदा रोल्पाका बेपत्ता परिवारले चिन्ता व्यक्त गरेका छन् । सशस्त्र द्वन्द्वका क्रममा देशमै सबभन्दा धेरै नागरिक बेपत्ता भएको भए पनि अझै सम्म उनीहरुको अवस्थाको जानकारी नहुनु दुःखद भएको उनीहरुको भनाइ छ ।
आफन्तलाई कसले, किन बेपत्ता बनायो अहिलेसम्म आफूले जवाफ पाउन नसकेको बेपत्ता परिवारका प्रजिना वाँठामगरले बताइन्। देशमा आएको लोकतन्त्रमा बेपत्ता पारिएकाको पनि पसिना मिसिएको उनले बताइन्। देशमा राजनैतिक परिवर्तन भएपनि आफूहरु भने लामो समयसम्म बेपत्ताको नातेदार भएर बस्नुपर्दा पीडा हुने गरेको उनी बताउछिन्। बेपत्ताका श्रीमती र छोराछोरीलाई समाजले नराम्रो दृष्टिले हेर्ने गरेको दुखेसो समेत पोखिन्।
हतियार समातेर प्रत्यक्ष युद्धमा सहभागी भएका बेपत्ता निकै कम भएको बताइएको छ । आफन्त माओवादी युद्धमा सहभागी भएका परिवारका सदस्य तथा राजनीतिमा चासो नभएकालाई बढी मात्रामा बेपत्ता पारिएको पीडितले गुनासो गरेका छन्।
नेपाल रेडक्रस सोसाइटी रोल्पाको अभिलेखअनुसार जिल्लामा बेपत्ता हुनेको सङ्ख्या हाल ६४ जना रहेको छ । सुरुवातमा ६७ जना बेपत्ता रहेको तथ्याङ्क भएपनि गजुल, कुरेली र जौलिपोखरीका बेपत्ता भनिएका तीनजना घर फर्केका कारण यो सङ्ख्या ६४ मा झरेको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रोल्पाका अध्यक्ष नौलसिं पुनले जानकारी दिए।
स्थानीय शान्ति समितिमार्फत अन्तरिम राहत प्राप्त गरेका बेपत्ता परिवारको सङ्ख्या भने ३३ जना मात्रै छ । पछिल्लो पटक सत्यनिरुपण तथा मेलमिलाप आयोगमा बेपत्ता खोजी गरिपाऊँ भनी दिएको निवेदन ११५ जना रहेको मानव अधिकारकर्मी खेम बुढामगरले बताए।
२०५९ साल साउनदेखि बेपत्ता भएको छोरा हिराबहादुर बुढाको अवस्था १५ वर्ष बित्दासमेत जानकारी पाउन नसक्दा निकै पीडा हुने गरेको रोल्पा कोटगाउँकी ६० वर्षीया मेघमाली बुढाले दुखेसो पोखे। सशस्त्र द्वन्द्वमा सहभागी नभएको आफ्नो छोरालाई राज्यले दाङबाट रोल्पा आउँदै गर्दा बेपत्ता बनाएको उनले बताए।
काठमाडौँबाट घर आउँदै गरेको छोरा श्रीमान् सुनारलाई राज्यले २०५९ साल साउनमा बेपत्ता बनाएको भए पनि अहिलेसम्म स्थिति सार्वजनिक नगर्नुले आफूहरु दोहोरो मारमा परेको जंकोट रोल्पाका ६४ वर्षीय दलराज सुनारले बताए। बेपत्ता पारिएकाको स्थिति सार्वजनिक गर्न तत्कालीन विद्रोही र सरकार खुला दिलका साथ नलाग्दासम्म सत्य तथ्य पत्ता लगाउन नसकिने नेकपा (एमाले) रोल्पाका सचिवालय सदस्य मनसिंह डाँगीको भनाइ छ । सशस्त्र युद्धका दुवै पात्र यतिबेला सरकारमा रहेकाले इच्छा शक्ति भए सेकेण्डभरमै समस्या हल हुने डाँगीले बताए।
सशस्त्र द्वन्द्वमा प्रभावितमध्ये बेपत्ता परिवारको फरक पीडा रहेकाले यसलाई संवेदनशीलताका साथ लिनुपर्ने नेपाली काँग्रेस रोल्पाका कार्यवाहक सभापति किशोर आचार्यको सुझाव छ । लामो समयसम्म पनि आफन्तको स्थिति सार्वजनिक नगर्दासमेत धैर्यताका साथ बस्नु आफन्तजनको सकारात्मक पक्ष भएको आचार्यले बताए।
हातमा बन्दुक लिएर प्रत्यक्ष युद्धमा सहभागी नभएका बेपत्ता भएकाले मानवअधिकारको सम्मान गर्न उनीहरुको स्थिति अविलम्ब सार्वजनिक हुनुपर्ने माओवादी सशस्त्र युद्धका सैन्य कमाण्डरसमेत रहेका जिल्ला समन्वय समिति रोल्पाका संयोजक राजबहादुर बुढाले बताए।
आफू सैन्य कमाण्डर भएपनि युद्धमा अन्तर्राष्ट्रिय कानूनको पालना गरेको स्मरण गर्दै विद्रोही वा राज्य पक्षबाट भएका जघन्य अपराधमा उन्मुक्ति दिन नहुने उहाँको सुझाव रहेको छ। रासस
- महिलाकाे शव शौचालयको सेफ्टीट्याङ्कीमा फेला, हत्या आरोपमा तीन जना पक्राउ
- कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, पौडेल पक्षलाई सहमतिमा ल्याउने देउवाकाे प्रयास जारी
- बक्सिङमा स्वर्ण पदक जित्ने खेलाडीले थप ४ लाख रुपैयाँ पुरस्कार पाउने
- नेकपा सचिवालय र स्थायी समिति बैठक बस्दै
- प्रहरीको परीक्षामा सहभागी नक्कली परीक्षार्थीमाथि अनुसन्धान सुरु
- सप्तरीमा बजेट खर्चको निराशाजनक अवस्था, पाँच स्थानीय तहले अझै लिएनन् पहिलो किस्ता
- अनुदानको कृषि यन्त्रमा चर्को मूल्यः मन्त्रालयले निकालेको सूचना नै नीतिविपरीत
- धनुषा बिस्फोटः आइतबार धनुषाका संस्थागत विद्यालय बन्द हुने
- धनुषा बिस्फोटः छानबिन समितिले सुरु गर्यो अनुसन्धान
- निर्देशक समाजमा रक्षासिंह राणा
- साग खेलकुद छाडेर किन कतार भागिन् कीर्तिमानी खेलाडी?
- गणतन्त्रकी गुमनाम अभियन्ताको अन्त्य
- सिसिटिभी बिगारेर सिएमसीमा कसले राख्यो पेस्तोल?
- के भेगास सिटी अपार्टमेन्टले सुधीर बस्नेतलाई पुनर्स्थापित गराउला?
- भारतले ६ महिनाभित्र लिपुलेक पुर्याउने गरी सडक बनाइरहेको छ : सांसद बडु [अन्तर्वार्ता]
- 'करदातालाई कर प्रशासनबाट डर नलाग्ने वातावरण सिर्जना गर्नुपर्छ'
- बालाजु–त्रिशुली सडक: पप्पुदेखि प्रचण्डका घरबेटीसम्मको ठेक्का, काम अलपत्र
- हामी दर्जनौं ठाउँको अध्ययनपछि निजगढ पुगेका हौं, अब यो निर्विकल्प हो दायाँ बायाँ हुँदैन : योगेशकुमार भट्टराई
- फुटबल फाइनलअघि रंगशालामा मजाक
- ५ वर्ष नाघेका मुद्दा स्थगित नगर्न सर्वोच्चद्वारा वकिलहरुलाई आग्रह
- धनुषामा बम विस्फोट : प्रहरी इन्सपेक्टरसहित ३ जनाकाे मृत्यु
- ज्वाईं घुस खाने जेठान लगानी गर्ने, अख्तियारले दुवैलाई हाल्यो भ्रष्टाचार मुद्दा
- अब ९ बजेपछि स्कुलबस चलाउन नपाइने
- कोरियामा जमेको नेपाली ठिटो : रोजगारीका लागि आएका लोकेन्द्र कसरी बने रोजगारदाता?
- टिकट बिक्रीभन्दा धेरै दर्शक, कसरी भरिएको छ रंगशाला?
- विदेश सपनाले बहुविवाह : सम्बन्धविच्छेदको ६ महिनापछि जेल
- प्रवक्ताबाट रिटायर्ड हुन राजनीतिमा आएको होइन : विश्वप्रकाश शर्मा [अन्तर्वार्ता]
- ११ बैंकका सिइओमाथि सम्पत्ती शुद्धीकरणले थाल्यो एकैपटक छानबिन
- बहसमा सेना २- ‘कर्पोरेट आर्मी’ बन्ने जोखिमतिर नेपाली सेना
- समयमा उपस्थित नगराएपछि केन्द्रीय कारागार जगनाथदेवलका प्रमुखलाई कारबाही गर्ने अदालतको चेतावनी
- तातोपानी भन्सारका प्रमुख बस्नेतसँग साढे १० करोड गैरकानुनी सम्पत्ति, घुसको पैसा जेठानसँग तारे हाेटलमा लगानी
- साग पुरुष फुटबल: भुटानलाई हराउँदै नेपालले जित्यो स्वर्ण
- उपनिर्वाचनको जगमा ०७९ को चुनावलाई मिसन बनाएर अघि बढ्छौंः प्रवक्ता शर्मा [अन्तर्वार्ता]
- ‘राजनेता’ उत्पादन गर्ने अदभूत कारखाना, जमानत जफत हुनेहरुको ‘नयाँ धन्दा’
- ठमेलको एक भेटबाटै १५ करोड ठगी
- बुटवलको मोतीपुरमा चार पाँग्रे सवारी उत्पादन उद्योग खोल्न १२ अर्ब कोरीयाली लगानी स्वीकृत
- ट्याक्सी खोज्न ‘ट्याक्सीमान्डु’ एप सुरु