डडेल्धुरा– डडेल्धुरामा एक बालक ५ दिनदेखि बेपत्ता भएका छन्। बेपत्ता हुनेमा जिल्लाको अमरगढी–९ ढाँटगाउँका पूर्णबहादुर पालका छोरा ८ वर्षीय प्रविन पाल छन्। पाल ५ दिनदेखि बेपत्ता रहेको बालकका आफन्त पुस्करबहादुर पालले जानकारी दिए।
पाल १६ गते बिहान घरबाट विद्यालय जान्छु भनेर गएको र उतैबाट बेपत्ता भएको उनको भनाइ छ। उनी भागेश्वर मावि टाँटरमा कक्षा ३ मा अध्ययनरत थिए। १६ गते विद्यालय गएका पाल घर नआएपछि विद्यालयमा बुझ्दा विद्यालय पनि नगएको पाइएको छ।
बालक बेपत्ता भएपछि बालकका आफन्तले खोजी गरिदिन आग्रह गर्दै जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा निवेदन दर्ता गरेका छन्।
१८ गते बालक हराएको उजुरी प्रहरीमा आएको डडेल्धुराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपाने जानकारी दिए। बालकको खोजी जारी रहेको उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।