नेपाल लाइभ समाचार [भिडियो]

नेपाल लाइभ | २०७६ मङ्सिर २० शुक्रबार | Friday, December 06, 2019 १९:२२:०० मा प्रकाशित

काठमाडौं- शुक्रबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरूः

१) सीमा सुरक्षामा सरकार गम्भीर नभएको सत्तारुढ दलकै सांसदहरूको आरोप, मुलुकको अस्तित्व नै संकटमा पर्ने संकेत देखा परेको भन्दै गम्भीरता अपनाउन जोड। (सीमा सुरक्षामा गम्भीर बन)

२) ठूला बैंकले विदेशी पूँजी भित्र्याउने क्षमता बढाउन सक्ने अर्थमन्त्री खतिवडाको भनाइ, कर्मचारीको वृत्तिविकास र सूचना प्रविधिमा लगानी बढाउन आग्रह। (अर्थमन्त्रीको आग्रह)

३) सामाजिक सुधार ऐन २०३३ को समयानुकूल परिवर्तनका लागि हर क्षेत्रबाट उठ्यो आवाज, ऐनको विभिन्न पक्षमा परिमार्जन गर्नुपर्ने आवश्यक रहेको विज्ञहरूको सुझाव। (सामाजिक सुधार ऐन २०३३)

४) साग इतिहासमै नेपाललाई गल्फमा पहिलोपटक स्वर्णपदक, सुवासले दिलाए दुई स्वर्ण, शुक्र राईले काँस्य पाउँदा महिला टिम इभेन्ट्समा पनि काँस्य पदक। (नेपाललाई २ स्वर्ण)

५) र, भारतमा पशु चिकित्सकको बलात्कारपछि हत्या भएको घटनामा पक्राउ चार अभियुक्तमाथि प्रहरी इन्काउन्टर,  प्रहरीमाथि नै आक्रमणको प्रयास गरेपछि गोली प्रहार गरिएको स्पष्टोक्ति। (प्रहरी इन्काउन्टर)

पूरा समाचार माथिको भिडियोमा