भैरहवा– रुपन्देहीमा एक युवाले आफ्नै बाबुआमाको हत्या गरेका छन्। रुपन्देहीको ओमसतिया गाउँपालिका ४ बालापुरस्थित आफ्नै घरको कोठाभित्र छोराले बृद्ध बाबुआमाको हत्या गरेका हुन्।
ओमसतिया ४ बालापुरका २८ वर्षीय गोरख यादवले आफ्नै घरमा धारिलो हतियार प्रहार गरी बाबुआमाको हत्या गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार कान्छो छोरा गोरखले शुक्रबार बिहान आफ्नै घरको कोठाभित्र ७२ वर्षीय बुबा रामनारायण यादव र ७० वर्षीय आमा थगना यादवमाथि धारिलो हतियार प्रहार गरी हत्या गरेका थिए।
हतियार प्रहारपछि रामनारायणको घटनास्थलमै मृत्यु भएको थियो भने आमा थगनाको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचारका क्रममा मृत्यु भएको रुपन्देही प्रहरीले जनाएको छ । बुवाआमाको हत्या गर्ने यादवको मानसिक सन्तुलन ठिक नभएको बताईएको छ। उनलाई प्रहरीले पक्राउ गरी घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।