जनकपुर- शुक्रबारदेखि जनकपुरमा सुरु भएको १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत कुस्ती खेलमा नेपाल एक रजत र तीन कास्य जित्न सफल भएको छ।
जनकपुरको कबर्ड हलमा शुक्रबारदेखि सुरू भएको कुस्तीमा ५० केजी तौल समूहमा भएको महिला कुस्तीमा नेपालकी मनिषा सिंहले कांस्य पदक जितेकी छन्।
महिलातर्फ नै ५३ केजी तौल समूहमा नेपालकी सिवांगी दुवेले रजत, पुरुषतर्फ ५७ केजी तौल समूहमा नेपालका नरेशप्रसाद यादवले कास्य पदक र ६५ केजी तौल समूहमा नेपालका सरोज यादवले कास्य पदक प्राप्त गरेका छन्।
कुस्तीमा महिलातर्फ ५० र ५३ केजी तथा पुरुषतर्फ ५७ र ६५ केजी तौल समूहमा भारतले स्वर्ण पदक जितेको हो। ५० किलो तौल समुहको महिला कुस्तीमा भारतकी तोमर शितलले स्वर्ण र श्रीलंकाकि निरोशनीले रजत जितेकी छन्।
महिलातर्फ नै ५३ केजी तौल समूहमा भएको खेलमा भारतकी पिंकीले स्वर्ण र श्रीलंकाकी समिकाले कास्य पदक हात पारिन्।
पुरुषतर्फ ५७ किलो उमेर समुहमा भएको खेलमा भारतका राहुलले स्वर्ण, श्रीलंकाका कथुरांगनाले रजत पदक जितेका छन्। ६५ किलो उमेर समूहमा भएको खेलमा पनि भारतकै अमित कुमारले स्वर्ण जिते।
श्रीलंकाका चमाराले रजत र नेपालका सरोज यादवले कास्य पदक प्राप्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।