काठमाडौं– डिसेम्बर १४ तारिखमा हुन लागिरहेको मिस वल्र्ड प्रतियोगितामा सहभागी हुन मिस नेपाल अनुष्का श्रेष्ठ यतिबेला लन्डन पुगेकी छिन्।
मिस वल्र्डको फाइनल मिति नजिकिएसँगै भोटिङ प्रक्रिया पनि शुरु भइसकेको छ। यो प्रतिष्पर्धाका लागि विश्वभरबाट १ सय २४ सुन्दरी सहभागी छन्। शुक्रवार (हिजो)सम्ममात्रै १२.०३ प्रतिशत भोट ल्याउँदै अनुष्का भोटिङ लिष्टको दोस्रो स्थानमा आएकी थिइन्।
लन्डनबाट अनुष्काले त्यहाँका हरेक गतिविधि सामाजिक सञ्जालमा सेयर गरिरहेकी छिन्। ‘भिजिट नेपाल २०२०’को प्रचारका लागि तयार गरेको भिडियो पनि त्यहाँ देखाइरहेकी छिन्।
सामाजिक संजालमार्फत अनुष्काले सम्पुर्ण नेपाली एवम् शुभचिन्तकहरुलाई भोटको अपिल गरिरहेकी छिन्। ‘७ दिन मात्र बाकी छ फाइनलको लागि,’ शनिबार फेसबुकमार्फत उनले अनुरोध गरेकी छिन्, ‘सामाजिक सन्जाल चलाइरहेको बखत, एक भोट नेपालीको चेलीको लागि गर्दिनुहोला, फेसबुक, इन्स्टा,मोबस्टार एपमा गएर फोटो लाइक, कमेन्ट गर्दा हजुरको भोट गणना हुनेछ।’
मिस वल्र्डको पहिलो राउन्ड सम्पन्न भइसकेको छ जहाँ ‘हेड टु हेड च्यालेन्ज’ अन्र्तगत सबै सुन्दरीहरुले आफ्नो ‘इन्ट्रोडक्सन भिडियो’ र ‘ब्युटि विथ प्रपोज’को बारेमा बोलेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।