काठमाडौं– रियल लाइफमा सँगसँगै यात्रा गर्ने प्रण गरिरहेका अभिनेता सौगात मल्ला र सृष्टि श्रेष्ठ अब ‘रिल लाइफ’ पनि सँगसँगै देखिन थालेका छन्। ‘लालपुर्जा’, ‘पोइ प-यो काले’ र ‘माछा माछा’मा सँगै देखिएको यो जोडीलाई लिएर अब फिल्म नै बन्ने भएको छ– ‘सँगसँगै’। केही वर्षदेखि गहिरो प्रेम सम्बन्धमा रहेको यो जोडीलाई लिएर यस्तो नाममा फिल्म बन्ने भएको हो।
निर्देशक मधुसुदन भट्टराईको निर्देशनमा बन्ने यो फिल्मले साथी–साथीबीचको सम्बन्ध र समर्पणको कथा भन्ने बताइएको छ। फिल्ममा मुकुन भुषाल र आश्मा गिरी पनि प्रमुख भूमिकामा देखिँदैछन्।
संचारकर्मी लक्ष्मण सुवेदीको लेखन रहेको यो फिल्मको शनिबार शुभमुर्हत गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।