सलमान खान स्टारर ‘दबंग’को तेश्रो सिरिज ‘दबंग ३’ले रिलिज अगावै १ सय ५५ करोड कमाएको छ। दैनिक भाष्करका अनुसार यो फिल्मले अमेजन प्राइमलाई अनलाईन स्ट्रिमिङ, टी सिरिजलाई म्युजिक र जी नेटवर्कलाई स्याटलाइट राइट्स बेचेको छ।
खबरअनुसार फिल्मले डिजिटल राइट्स ओटीटी प्लेटफार्म अमेजन प्राइम भिडियोलाई ६० करोडमा बेच्यो। त्यस्तै जी नेटवर्कले ८० करोडमा स्याटलाइट राइट्स खरिद गर्याे भने टी सिरिजले १५ करोडमा म्युजिक राइट्स खरिद गर्याे।
डिसेम्बर २० मा रिलिज हुने यो फिल्ममा सलमानको अलावा सोनाक्षी सिन्हा, साईं मांजरेकर, किच्चा सुदीप प्रमुख भूमिकामा छन्। फिल्मलाई प्रभु देवाले निर्देशन गरेका छन्।
‘यो एकदमै सलमान खान फिल्म हो। दर्शकले सलमानलाई पर्दामा जस्तो देख्न चाहन्छन्, उनको चरित्र फिल्ममा त्यस्तै छ। यो फिल्म तुलनात्मक रुपमा ‘दबंग’ सिरिजकै सबैभन्दा ठूलो फिल्म हुने पक्का छ,’ फिल्ममा सलमानको चरित्रलाई लिएर निर्देशक प्रभु देवाले दावी गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।