बलिउडका लोकप्रिय अभिनेता आमिर खानको नयाँ फिल्म ‘लाल सिंह चड्ढा’ को नयाँ लुक बाहिरिएको छ। यो लुक आमिरको फ्यानले सुटिङ सेटबाटै सार्वजनिक गरिदिएको खबर छ।
सार्वजनिक भएको तस्बिरमा आमिरले क्याप लगाएका छन्, अनि लामो दाह्री र कपाल पालेका छन्। हलिउड फिल्म ‘फरेस्ट गम्प’को अफिसियल रिमेक भनिएको यो फिल्मको सुटिङ अहिले धमाधम भइरहेको छ।
केही दिनअघिमात्रै आमिरले आफै यो फिल्मको फस्र्ट लुक सार्वजनिक गरेका थिए। लुकमा आमिर ठूल्ठूला आँखासहित हट्टाकठ्ठा सरदारका रुपमा देखापरेका थिए।
‘फरेस्ट गम्प’को हिन्दी रिमेक
हलिउड फिल्म ‘फरेस्ट गम्प’को आधिकारिक हिन्दी रिमेकका रुपमा निर्माण हुँदैछ, आमिरको ‘लाल सिंह चड्ढा’। ‘फरेस्ट गम्प’मा फिल्मको प्रमुख पात्रको दिमागले कम काम गर्छ। यसका बाबजुद उसले जीवनमा सफलता हासिल गर्छ र एउटा ऐतिहासिक पुरुषका कहलिन्छ। तैपनि, उसको साँचो प्रेमले उसलाई छाडेर जान्छ।
यो फिल्मले अस्कर अवार्डमा एक दर्जनजति विधामा नोमिनेसन पाएको थियो र ६ विधामा अवार्ड समेत जितेको थियो। हलिउड अभिनेता टम हंक्सले यही फिल्मबाट दोश्रोपल्ट उत्कृष्ट अभिनेताका रुपमा अस्कर अवार्ड जितेका थिए। अहिले यसको हिन्दी रिमेकमा आमिरले उनै टम हंक्सले निर्वाह गरेको क्यारेक्टर निर्वाह गर्दैछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।