काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार मन्त्रीपरिषदको बैठक बोलाएका छन्।
प्रतिकुल स्वास्थ्यका कारण नियमित बैठकमा सहभागी हुन नपाएका उनले बालुवाटारस्थित प्रधानमन्त्री निवासमा सोमबार चार बजे बस्ने गरी मन्त्रिपरिषद बैठक बोलाएका हुन्।
१० दिनको अस्पताल बसाइपछि उनलाई शुक्रबार डिस्चार्ज गरिएको थियो। प्रधानमन्त्री ओली अस्वस्थ भएपछि मन्त्री परिषद बैठक २ सातादेखि बस्न सकेको थिएन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।