भिजिट नेपालको सबैले अपनत्व लिन जरुरी छ : दीपकराज जोशी [भिडियो वार्ता]

नेपाल लाइभ | २०७६ मङ्सिर २४ मंगलबार | Tuesday, December 10, 2019 १३:०१:०० मा प्रकाशित

सरकारले आगामी जनवरी १ मा भव्य समारोहबीच 'भिजिट नेपाल २०२०' को उद्घाटन गर्ने तयारी गरेको छ। भिजिट नेपाल २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउँदै पर्यटकको बसाई र खर्च बढाउने सरकारको लक्ष्य छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, भिजिट नेपाल २०२० सचिवालय र पर्यटन बोर्डले एकसाथ निजी क्षेत्रको सहयोगमा प्रचारप्रसार र तयारीको काम गरिरहेको छ। तयारी कहाँ पुग्याे, लक्ष्य पूरा हुने अवस्थमा छ कि छैन, लक्ष्य पूरा गर्न सक्ने आधार र चुनौतिका सेरोफेरोमा रहेर नेपाल पर्यटन बाेर्डका सिइओ (प्रमुख कार्यकारी निर्देशक)  दीपकराज जोशीसँग नेपाल लाइभका उत्तम काप्रीले गरेको कुराकानीः

भिजिट नेपाल २०२० काे तयारी कसरी भइरहेको छ?
भिजिट नेपाल २०२० का लागि हामीले ४ वटा पाटोमा (एरिया अफ फोक्स) मा केन्द्रित भएर काम गरिरहेका छौं। एउटा पूर्वाधारको विकास हो। दाेस्रो छुट, तेस्रो जनचेताना जगाउने र चोथौं पर्यटन प्रवर्द्धनको विषयमा केन्द्रित छौं। ४ वटा पाटो मध्ये पर्यटन प्रवर्द्धनमा हामीले व्यापकताका साथ प्रचारप्रसार गरिरहेका छौं। हाम्रो मुख्य स्रोत बजारहरुमा 'प्रि लन्च'का कार्यक्रमहरु सकेका छौं। सन्देश प्रभावह गर्ने कामहरु पनि तीव्र रुपमा भइरहेको छ।

सन्देशका हिसाबले भन्नु पर्दा लामो समयदेखि एउटा पर्वतीय गन्तव्यको छवी बनाएको, खाली नेपालमा सहासिक पर्यटनका गतिविधि मात्रै हुन्छभने भइरहेको प्रचारप्रसारलाई अन्य पक्षहरुबाट पनि चिनाउने गरी प्रवर्द्धनका कार्यक्रमहरु भइरहेका छन्। उदाहरणका लागि चार्डपर्व, रितिरिवाज, कला संस्कति, हेरिटेज, वाइड लाइफ जस्ता विषयहरुलाई पनि बढीभन्दा बढी हाइलाइट गर्ने काम भइरहेको छ। यसबाट नै नेपालको पर्यटन क्षेत्रबाट बढीभन्दा बढी आर्थिक लाभ लिन सकिन्छ भने आधारमा लाइफ टाइम एक्सपेरियन्सको नारासहित प्रचारप्रसारको काम भइरहेको छ।

अहिले हामीले कन्जुमर फोक्स, डिजिटल फर्म्याट र ट्रेड फोक्सलाई सँगसँगै आक्रमक रुपमा प्रचारप्रसार र प्रवर्द्धनको काम गरिरहेका छौं। ट्रेड फोक्समा ठूलाठूला ट्राभल मार्टहरुमा नेपालका निजी क्षेत्रलाई सँगसँगै लिएर विजनेश कन्ट्रर्याक्ट गर्ने काम गरिरहेका छौं। कन्जुमरको केशमा चाइनाको सी ट्रिप डट कम, लोल्लनी प्लान्टजस्तो प्लेट फर्महरुसँग सहकार्य गरिरहेका छौं। मास मिडियामा बीबीसी  र सीएनएनमा पनि छिट्टै प्रचारको कामका लागि फाइन चरणका काम भइरहेको छ।

ओला क्याप (भारतको राडिङ प्लेट र्फम), चाइनाको डिडी क्याप र लन्डनको बस र मेट्रो ब्रान्डिङबाट पनि प्रवर्द्धनको काम गरिरहेका छौं। डिजिटल प्लेट फर्ममा नेपालको भिजिबिलिटी बढाइरहेका छौं। यसको साथै नेपाली डाइसपोराहरुलाई मुभिलाइज गर्ने, कूटनीतिक नियोगको सहयोगमा प्रवर्द्धन गर्ने काम भइरहेको छ।

अर्को आन्तरिक बजारका जनचेतनको हकमा  सोसियल मिडियामार्फत टिजरहरु बनाउने काम गरिरहेका छौं। यसैगरी ट्याक्सी चालकहरुसहित सिधै पर्यटक जोडिन आउने २० हजारभन्दा बढी जनशक्तिलाई जनचेतना मुलुक तालिमहरु प्रदान गरिरहेका छाैं। पर्यटन बाेर्ड, नाथ्म, माउन्टेन एकेडेमीजस्ता संस्थाहरुबाट यसमा सहयाेग भइरहेकाे छ।

अर्को पाटो इन्सेन्टिप (छुट) दिने विषय रहेको छ। यसका लागि अहिले विभिन्न संघ संस्थाहरु र व्यवसायीहरुबाट प्याकेजको घोषणा भइरहेको छ। सरकाले पनि के-कस्ता विषयमा के–कति छुट दिने भन्ने बारेमा छलफल गरिरहेको छ। अबको केही दिनमै त्यो पनि सार्वजनिक हुन्छ। जस्तै होटल संघ नेपालबाट ३० प्रतिशत, नाटाबाट १० प्रतिशत, टानबाट १५ प्रतिशत, होमस्टेबाट २० प्रतिशतको छुट अफर सार्वजनिक भइसकेको छ। अन्य संस्थाहरुबाट पनि छुट अफर घोषणा हुन बाँकी नै छ।

सरकारले पनि हिमाल आरोहण, पदयात्रालगायतका विषयमा दिने सक्ने छुटको विषय छलफल गरिरहेको छ। तर, सबै भन्दा ठूलो चुनौतिको पाटो भनेको पूर्वाधार नै हो। हामीले पूर्वाधारको ग्याप अध्ययन गर्दा होटलको हकमा पूर्णक्षमतामा छाैं। अहिले सञ्चालनमा रहेका होटलले २५ लाखलाई सेवा दिन सक्ने अवस्थामा छन्। रेष्टुरेन्ट र जनशक्तिमा हामी सक्षमै नै छौं। टान्सपोर्टमा पनि समस्या छैन।

जुन हाम्रो २० लाख पर्यटकको लक्ष्य छ। उनीहरुलाई इन्गेज गर्ने, देखाउने, घुमाउने प्रोडक्ट पनि पूर्णरुपमा नै छ। चुनौती भनेको एउटा आधारभुत पूर्वाधारको अवस्थमा विमानस्थल, मेजर केही गन्तव्यको सडक र नेपालसँगको पहुँच मार्ग हो। एभिएनसको एउटा ठूलो चुनाैती नै छ। त्यसमा हामीले हेर्दा खेरि रन-वे पीच परिर्वतनको काम सकिएको छ। अबको १५/२० दिनपछि विमानस्थल २४ घन्टा नै सञ्चालन योग्य बन्दै छ।

नयाँ दुईवटा ठूला जहाज पार्किङ वे पनि थपिदै छ। लुम्बिनीको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल २०२० को मार्चपछि अपरेशनमा आउने अवस्थमा छ। यी दुईवटा काम पूरा भएपछि विदशेसँगको पहुँच विकासमा पनि ठूला आधार खडा हुने आशा छ। हरेका दिन अहिले अन्तर्राष्ट्रिय उडान गरिरहेका भन्दा १५ वटा जति उडान थपिएको अवस्थामा हाम्रो २० लाख पर्यटक भित्र्याउने लक्ष्य पुरा हुने अनुमान गरेको छौं। आशा गराैं पूरा हुन्छ।

मुख्य गन्तव्यका सडकहरु मर्मतका लागि मन्त्रालय र मन्त्रीको तर्फबाट पहल भइरहेको छ। आशा गराैं ३ देखि ५ महिनामा एक गन्तव्यबाट अर्काे गन्तव्यमा जोडिने सडकहरुमा सुधार आउने छ। यसरी हामीले ४ वटै क्षेत्रमा फोकस दिएर काम गरिरहेका छौं।

भिजिट नेपाल २०२० को प्रमुख लक्ष्य २० लाख पर्यटक नेपाल भित्र्याउने हो।२० लाख पर्यटक नेपाल आउने के-के आधार देख्नु भएको छ?
सबैभन्दा पहिलो विषय त पूर्वाधारमा उल्लेख सुधार नभएको अवस्थमा हामीलाई लक्ष्य भेटाउन चुनाैती पनि छ। तर, प्रगति राम्रो छ। करिब १५ देखि १६ वटा विमानको दैनिक उडान संख्या थपिदा हामीलाई हाम्रो लक्ष्य भेटाउन सहज हुन्छ।
अहिले काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २१ घन्टा सञ्चालनमा छ भने पनि १६ देखि १७ घन्टा सञ्चालन भइरहेको छ। यसकालाई तत्काल नै २१ घन्टा पूर्ण रुपमा सञ्चालन गर्न सकेको अवस्था ८ देखि १० वटा उडान संख्या थप हुनेछ। योसँगै गौतम बुद्धमा पनि २०२० भित्रै केही एयरलाइन्सबाट अन्तर्राष्ट्रिय उडान हुन्छ।

यसरी पनि २० लाख पुग्छ भन्ने हाम्रो अनुमान हो। तर, २० लाख संख्या मात्रै हाम्रो ठूलो लक्ष्य हैन। हाम्रो लक्ष्य त संख्यासँगै गुणस्तरीय पर्यटक नेपाल ल्याउने र बढी भन्दा बढी आम्दानी गर्ने हो। साथै हामीहरुले २०२० लाई आधार वर्षको रुपमा लिँदै आगामी १० वर्षसम्म यसलाई कायम राख्ने हो। हाम्रो एउटै लक्ष्य हो। नेपालाई छिट्टो भन्दा छिट्टो आर्थिक रुपमा सबल बनाउने हो।

देशलाई सबैभन्दा छिट्टो आर्थिक रुपमा सबल बनाउने क्षेत्र पनि पर्यटन नै हो। किन कि कम लगानीमा छिट्टो भन्दा छिट्टो आयआर्जन गर्न सकिने, रोजगारीको अवसर सिर्जना गर्न सक्ने क्षेत्र नै पर्यटन हो। यस कारण २०२० हाम्रो लागि तयारी र सुरुको वर्षसमेत बन्दैछ। यसकालाई १० वर्षसम्म निरन्तर रुपमा विकास गर्दै लैजाने हो। याे अवधिमा पूर्वाधारर नयाँ गन्तव्यकाे विकास गर्दै लैजाने हाम्रो योजना र लक्ष्य छ।

तयारी हेर्दा अहिल नै हामी पूरै सन्तोषजनक अवस्था छौं त म भन्दिन तर २० लाख पर्यटकको लक्ष्यसहित महत्वपूर्ण वर्षको रुपमा प्रचार गर्दै छौं। 

संख्यामा मात्रै फोकस हुँदा गुणस्तरिय पर्यटक  भित्र्याउने र उनीहरुकाे खर्च तथा बसाई अवधि बढाउने विषय ओझेलमा त परेको छैन?
हाम्रो मुख्य उद्देश्य संख्यासँगै गुणस्तरीय पर्यटककाे संख्या बढाउने र बढीभन्दा बढी आम्दानी गर्ने नै हो। नम्बरमात्रै बढाउनु भनेकाे थप जनशक्ति बढाउनु हो। निश्चित हिसाबले नेपाल आएका पर्यटकले बढीभन्दा बढी खर्च गरुन र उनीहरुलाई सोही अनुसारको सहज वातावरण बनाउने हाम्रो लक्ष्य हो।

यसका लागि हामीले ४ वटा जति लक्ष्य तथा रणनीति पनि लिएका छौं। पहिलो गुणस्तरीय पर्यटक आउने देश तथा उनीहरु जाने गन्तव्यको प्रचारमा बढी फोकस हुने। दोस्रो हाम्रै पर्यटकीय उद्योगको प्रचार, जनचेतना तथा तालिम दिने हो। यसका काम धमाधम भइरहेको छ। अहिले गुणस्तरीय सेवा नदिने तर, मूल्य घटाउने प्रवृति छ। यसलाई कम गर्न तालिमबाट नयाँ सर्भिस र नयाँ प्रक्रियाबाट प्रमोसन र प्रचारप्रसार गर्ने हो। यो काम पनि भइरहेको छ।

अर्को भ्रमण वर्षकै सन्दर्भमा हामीले सिजन वेस पर्यटनलाई वर्षभरी नै बनाउन आवश्यक सेग्मेन्टलाई हाइलाइट्स गर्ने काम गरिरहेका छौं। हाम्रोमा अक्टोबर र नोभेम्बरमा टेकिङमा आउने र अप्रिल र मेमा हिमाल आरोहणमा आउने प्रवृतिमा परिर्वतन गर्ने प्रयास गरिरहेका छौं। अहिले हामीले जबसम्म कल्चर, हेरिटेर र वाइड लाइफलाई पनि प्रमोसन गर्न सक्दैनाैं तबसम्म वर्षभरी नै पर्यटन गतिविधि बढन सक्दैन भनेर त्यतातर्फ पनि केन्द्रित भएका छौं।

यसका लागि हामीले बजार पनि पहिचान गरिसकेका छौं। सेन्देश पनि प्रचार गरिरहेका छौं। जस्तै साउद एसिया क्षेत्र र मिडिइस्ट क्षेत्रमा बढी गर्मी हुँदा हामीले हाम्रो मौसम सेल गर्ने हिसाबले प्रचार गरिरहेका छौं। चाइनमा हिँउदे पर्यटनको प्रचार गरिरहेका छौं। साथै यही सिमिततामा पनि नम्बर बढाउन सबैभन्दा राम्रो पहुँच भएको मार्केट मिडलइस्टमा आक्रमकरुपमा प्रचारप्रसार गरिरहेका छौं।

भिजिट नेपालको प्रचारप्रसारको क्रमका विदेशीले हामीबाट के चाहेका छन् र कस्ता कुरामा सुधारको अपेक्षा गरेका छन्?
उहाँहरुको सुझाव नै नेपालको सुधार होस भन्ने रहेको छ। पहिलो रिङरोड भित्रको धुँवा, धुलो र फोहोर नउठने विषयमा बढी चासो देखाएका छन्। अर्को नेपालको सडक सुरक्षामा बढी चासो छ। उनीहरुले सार्वजनिक सवारीको व्यवस्थापन र निजी कारको विषयमा पनि सुधार खोजेका छन्।

तेस्रो नेपाल आउने मार्गको विषय छ। यसमा महंगाे हवाई भाडा रहेको छ। उनीहरुको चासो टिकट नै नपाउने र पाएको अवस्थामा पनि अतिनै महंगाे भयाे भन्ने गुनासो गरिरहेका छन्। उनीहरुको अपेक्षा पनि यी ३ वटा क्षेत्रमा सुधार गर्नु रहेकाे छ। यसका लागि हामीले सम्बन्धित निकायमा अनुरोध गरिरहेका छौं।

भिजिट नेपाल २०२० को प्रचार पुरानै शैलीमा भइरहेको छ कि परिर्वतन भएको छ?
हामीले प्रचारप्रसारको शैलीमा व्यापक परिर्वतन गरेको छौं। जसकाे कारण पर्यटन  आगमन पनि बढी रहेको छ। खास गरी पछिल्लो दुई/तीन वर्षलाई हेर्ने हो भने पनि डिजिटल प्लेट फममा लो उपस्थिती जनाइसकेका छौं। नेपाली डायसपोरा (गैर आवसीय नेपाली ) ८० भन्दा बढी देशमा रहेको छ। उहाँहरुलाई प्रयोग गरेका छौं।

बाहिर रहेका नेपालीहरुको रेष्टुरासँगको सम्बन्धमा अगाडि बढाएका छौं। पब्लिक भिजिबिलिटीका कामहरु बढाएका छौं। यस्तै इनोभेटिक कामकै कारणले होला धेरै सिमितताको बाध्यतामा पनि नेपाल आउने पर्यटकको वृद्धिदर अतिनै राम्रौ छ। संसारको पर्यटन ५ प्रतिशतको हाराहारीमा बढेको छ। तर, हाम्रो वृद्धिदर २५ प्रतिशतको हाराहारीमा रहेको छ। यो वर्ष पनि हाम्रो पर्यटक आगमनको वृद्धिदर १० प्रतिशतको हाराहारीमा रहने अवस्था छ।

यो वर्ष पनि २० प्रतिशतभन्दा माथि नै जाने अवस्था थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको मर्मतका कारण कटौती भएको विमानस्थलको सञ्चालनको समय हो। अर्को जेट एयरवेज जस्तो संसारभरसँग जोडिएको एयरलाइन्सको उडान बन्द भयो। फेरि पनि २०२० मा हामीले यसलाई अवश्य पनि पिक अफ लिन्छौं।

पूर्वाधार निर्माण र प्रचारलाई हेर्दा भिजिट नेपाल २०२० घाेषणा गर्न हतार त भएन?
भिजिट नेपाल २०२० अभियान एकदम नै सहि समयमा घाेषणा भएकाे हामीले अनुभूति गरेका छौं। एउटा कारण पर्यटन आइसुलेसनबाट विकसित गर्न सकिने विषय होइन। यसका लागि थुप्रै संयत्रसँग सहकार्य गरेर अगाडि बढनुपर्ने हुन्छ। अरु सेक्टर बलियो हुँदा यसले बढी प्रभाव दिन सक्ने हुन्छ। मुख्य विषय त हामी सबैभन्दा पहिले पर्यटन विकासका लागि तयार हुनुपर्छ। यसका लागि सबै तिरबाट प्रचारप्रसार भइरहेको छ।

सबै संस्थाहरुले यसलाई अपनत्व लिनु भएको छ। जति धेरै अपनत्व हुन्छ त्यो नै प्रभावकारी हुने हो। यसको प्रभाव २०२० मै नदेखिए पनि २०२१, २०२२ मा देखिदै जन्छ। दास्रो जतिसक्दो बढी नेपाललाई प्रचार गर्ने हो। अहिले सरकारले पनि अतिरिक्क्त बजेट दिएर यसका लागि काम गरिरहेको छ। व्यवसायी साथीहरुले पनि लगानीसँगै प्रवर्द्धन पनि गरिरहेका छन्।

सबैतिरको बुझाइ नेपालाई समृद्ध बनाउने पहिलो आधार भनेकै पर्यटन हो भने छ। भ्रमण वर्षले यसमा सहयोग हुन्छ। 

भ्रमणमा आउने पर्यटकको सुरक्षा र स्वास्थ्यका लागि के काम भइरहेकाे छ?
सुरक्षाको विषयमा नेपाल विश्वका अन्य देशको तुलनामा माथि नै छ। साउथ एसियामा त हामी एक नम्बरको सुरक्षित गन्तव्यमा नै चिनिन्छौं। किन भने नेपाली समुदायहरु पर्यटक मैत्री र सहयोगी छन्। तर, केही समय अगाडि नेपालमा फैलिएको डेंगु रोगका कारण फेरि नेपालमा नयाँ कुनै रोग आउँछ कि भन्ने विषयमा उनीहरुकाे चासाे छ। त्यसमा पनि हामीले स्वास्थ्य निकायहरुसँग समन्वय गरिरहेका छौं।

अहिले पनि नेपाल आउने पर्यटकले लामो समयसम्म लाइन बसेर इन्ट्री भिसा लिनुपर्ने अवस्थमा छ। यसको सुधारका लागि के काम भइरहेकाे छ?
भिसाको विषय एकदमै महत्वपूर्ण हो। केही वर्ष अगाडिसम्म अलिकति लामो योजना बनाएर भ्रमणमा हिड्ने गर्थे। तर, अहिले यसमा परिर्वतन आइसकेको छ।

६ महिना तथा एक वर्ष अगाडि नै प्याकेज खरिद गर्ने र ट्राभलमा जाने गर्थे। तर, अहिले धेरै फ्रिक्वेन्सीमा भ्रमण गर्ने प्रवृति बढेको छ। आज काम गर्दागर्दैै  तनाव भयो भने एक/दुई दिनमै योजना बनाएर भ्रमणमा निस्कने बानी बढेको छ।

यस्तो अवस्थामा पर्यटकले हेर्ने पहिलो कुरा कुन गन्तव्य जान सहज छ। भिसा सजिलै पाइन्छ भन्ने नै हाे। अहिले जति पनि नयाँ स्थापित भइरहेका गन्तव्यहरुमा भिसा पनि फ्रि र छिट्टो भिसा दिने संयन्त्र विकास भएको छ। जसका कारण त्यस्तो गन्तव्य तथा देश जानेको संख्या ह्वातै बढेको छ।

पर्यटकको पहिलो रोजाई पनि सहज प्रवेशमा नै हुन्छ। यस कारण हामीले पनि अध्यागमनका अधिकारीहरुलाई यो कुराको अपडेट गराएका छौं। उहाँहरुले दुई/तीन महिनाभित्रै नयाँ अनुभूति पाउने गरी काम हुने प्रतिबद्धता  जनाउनु भएकाे छ।

भिजिट नेपाल २०२० को प्रचार विदेशमा भन्दा नेपालमै बढी भएको छ भन्ने सुनिन्छ। प्रचारको काम नेपालमा बढी हुनपर्ने हो कि विदेशमा?
विदेशमा भन्दा नेपालमा बढी प्रचार भएको छैन। बरु नेपालभित्र त भ्रमण वर्षको खासै कार्यक्रम नै भएका छैनन् भनेर गुनासो सुन्ने गरेको छु। विगतका वर्षहरुमा माेटरसाइकल र्‍याली तथा होडिङ बोर्डबाट प्रचार हुने गरेकाे थियाे। टिभीहरुमा विज्ञापन बज्ने खालका प्रचार हुने गरेका थिए। तर, अहिले यो प्रवृतिमा केही परिर्वतन भएको छ। हाम्रो फोकस बाहिर नै बढी छ। स्रोत बजारहरुमा नै बढी प्रचार गरिरहेका छौं। त्यो हुनु पनि पर्छ। देश भित्र त हामीले जनचेतना जगाउने काम र आन्तरिक पर्यटन प्रवर्द्धनको प्रचारमा लागेका छौं।

नेपाल प्रवेश लगत्तै पहिलो पाइलामा ट्याक्सी चालकबाट नै पर्यटक ठगीने गुनासाे बढ्दाे छ। याे सुधारका लागि तपाईंहरुले के गर्नु भएकाे छ?
हामीले जनचेतना र तालिमको माध्यमबाट सुधार गर्ने प्रयासमा लागि रहेका छौं। उनीहरुलाई दूरगामी असर र त्यसको प्रभावको विषयमा तालिम तथा चेतनाको कार्यक्रम गरिरहेका छौं। आज हामीले मनलाग्दी पैसा लियाैं भने पर्यटकले नेपालमा ठगी हुन्छ भनेर प्रचार गर्ने छन्। जसका कारण नेपाल आउने पर्यटकको संख्यामा कमी हुँदै जाने छ। यसले आर्थिक आयमा पनि प्रभाव पार्ने छ। त्यसैले हामीले दीर्घकालीन रुपमा सोचेर काम गरिरहेका छौं।

भिजिट नेपाल २०२० को मुख्य थिम ‘लाइफ टाइम एक्सपेरियन्स’छ। पर्यटकलाई त्यो अनुभूति गराउन सक्ने आधार के-के छन्?
नेपाल किन आउने भन्ने विषयको प्रचारका लागि नै हामीले लाइफ टाइम थिमको अवधारणमा रहेर प्रचार गरिरहेका छौं। किन भने अहिले पर्यटकले कम्फर्ट र लक्जरीयस भन्दा पनि आफूले जीवनमा कहिले पनि अनुभूत नगरेको अनुभव कुन गन्तव्यमा हासिल गर्न पाइन्छ? भनेर खोजी गर्ने प्रचल्लन बढेको छ। यसका लागि नेपाल सबैभन्दा उचित गन्तव्य हो भनेर प्रचारप्रसार गरिरहेका छौं।

नेपाल धेरै विविधिकरण भएको देश हो। एउटा १५ मिनेटको उडानमा अर्थात् हेलिकोप्टर चार्टर गरेर घुम्ने हो भने तराईका आप खानेदेखि लिएर हिमालकाे स्याउ खाने ठाउँसम्म पर्यटक पुग्न सक्छन्। अर्को हात्ति हेर्नेदेखि हिमचितुवा हेर्ने ठाउँसम्म पुग्न सकिन्छ। ३५-४० डिग्रीको तापक्रमबाट माइनस ३५-४० डिग्री चिसोभएको ठाउँ सम्म पर्यटक पुग्न सक्छन्।

विश्वको होच्चो स्थानदेखि अग्लो ठाउँ हेर्न पाइने गन्तव्य पनि नेपालमै छ भनेर प्रचार गरिरहेका छौं। संसारकै उच्च ठाउँमा भएका सुन्दर पहाड तथा लेकहरु नेपालमै छन्। यो पनि पर्यटकका लागि लाइफ टाइम एक्सपेसियन्स हुनसक्छ। यतिमात्रै नभइ नेपाल पर्यटकलाई क्रिएटिभ बनाउनेदेखि नेतृत्वदायी बनाउने गन्तव्यका रुपमा नेपाललाई लिन सकिन्छ। 

यति सानो ठाउँमा यति धेरै वाइडलाइफ गतिविधि पाउने संसारमा विरलै गन्तव्य मध्ये नेपाल पनि एक हो। छोटो सयममा धेरेभन्दा धेरै फरक फरक दृष्य हेर्न र अनुभूति गर्न यहाँ पाइन्छ।

भिजिट नेपाल २०२० को सुभारम्भ कसरी हुँदैछ?
पछिल्लो सयम नयाँ वर्ष मनाउन पनि पर्यटक घुम्न निस्कने प्रवृति बढेको छ। उदाहरणका लागि अष्ट्रेलियामा विश्वका नागरिक नयाँ वर्षकै लागि जाने गर्छन्। यसकारण भिजिट नेपाल २०२० को उद्घाटन पनि हामी जनवरी १ मै गर्दै छौं। भव्य समारोहका साथ रंगशालाबाट यसको उद्घाटन हुनेछ।

उद्घाटन राष्ट्रपति विद्यादेवी भन्डारीबाट र विशेष सम्बोधन प्रधानमन्त्रीबाट हुने छ। यसमा विभिन्न देशका पर्यटन मन्त्रीहरु र ठूलाठूला एयरलाइन्स कम्पनी र टुर कम्पनीका प्रमुखहरुकाे सहभागिता रहने छ। विश्वका लाेकप्रिय कलाकारहरुलाई पनि निमन्त्रण गर्दै छौं। ३१ डिसेम्भरमा देशभर नै भिजिबिलीटी बढाउन क्लब लाउन्जहरु जहाँ ठूलो भिडभाड हुन्छ त्यहाँ भिजिट नेपाल थिममा केही कार्यक्रमहरु गर्दै छौं।

जनवरी १ मै सातै प्रदेशमा यसको सुरुवात हुँदैछ। विदेशमा एउटै सन्देश जाहोस भनेर हाम्रो जतिपनि कूटनीतिक नियोग रहेका ठाउँमा जनवरी ७ मा एकैपटक भिजिट नेपाल २०२० को उद्घाटन गर्दै छौं। 

भिजिट नेपाल २०२० सँगै आउन सक्ने विकृतिको नियन्त्रणमा तयारी कसरी हुँदैछ?
यसका लागि निश्चित रुपमा हामी धेरै सजक हुनु पर्ने अवस्था छ। सजक पनि छौं। पर्यटन जसलाई हामीले दिगो रुपमा समृद्धीको आधार मानिरहेका छौं। यसलाई लामो समयसम्म बचाइराख्न पनि जरुरी छ। त्यसमा हामीले नीति र आचारसंहिता बनाएर अगाडि बढिरहेका छौं।

पर्यटन उद्योगलाई शिक्षा दिने र सचेतना जराउने काम पनि गरिरहेका छौं। यसमा हामीले लिने लाइन र लिइरहेको लाइन नेपाललाई एउटा इथिकल, रेस्पोन्सिबल र सस्टेनएबल इको पर्यटन गन्तव्यकै रुपमा प्रचार गरिरहेको छ।