काठमाडौं- बलिउड अभिनेत्री तापसी पन्नू चाँडै ठूलो पर्दामा भारतीय महिला क्रिकेट टिमकी कप्तान मिताली राजको भूमिकामा देखिँदैछिन्।
तापसीको मिताली राजको बायोपिक फिल्म 'शावाश मिठ्ठू'मा केन्द्रीय भूमिकाको निम्ति छनोट गरिएको हो।
छिट्टै उक्त फिमको सुटिङ सुरु हुनेछ। तापसीले हालै मितालीको साथ केही तस्बिर सेयर गर्दै एक इमोसनल पोस्ट लेखेकी थिइन्, जसमा उनले मितालीको जन्मदिनको शुभकामना दिइन् र सबैभन्दा राम्रो भूमिका निभाउने बाचा गरिन्।
बलिउड सञ्चारमाध्यमका अनुसार मितालीले भनिन्, 'यो मुस्किल हुनेछ। मलाई थाहा छ। म क्रिकेट धेरै हेर्ने गर्छु। तर मैले यो खेल कहिल्यै खेलेको छैन। त्यसैले यो मेरो लागि धेरै चुनौतीपूर्ण हुनेछ। मिताली राजले मैले कसरी भूमिका निर्वाह गर्छु भनेर देख्न चाहनुहु्छ।'
३ डिसेम्बरमा मितालीको जन्मदिनको शुभकामना दिँदै तापसीले लेखिन्, 'तपाईंले मलाई धेरै तरिकाबाट गौरान्वित महसुस गराउनुभएको छ। यो भाग्यमानी कुरा हो। मलाई तपाईंको यात्रा पर्दामा देखाउने सौभाग्य मिलेको छ।'
तापसीले लेखिन्, 'तपाईंको जन्मदिनमा थाहा छैन के उपहार दिऊँ। केवल यो बाचा गर्न सक्छु, तपाईंलाई सर्वश्रेष्ठ तरिकाबाट पर्दामा देखाउने छु।'
तापसीको पछिल्लो फिल्म 'सांड की आंख' बक्स अफिसमा हिट भयो। फिल्ममा उनले र भूमिले शूटर दादीको भूमिका निभाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।