एसिड आक्रमणबाट बचेकी एक युवतीको वास्तविक जीवनमा आधारित रहेर निर्माण भएको फिल्म ‘छपाक’को ट्रेलर सार्वजनिक भएको छ। यो फिल्ममा एसिड आक्रमणबाट पिडित युवतीको भूमिका दीपिका पादुकोणले निर्वाह गरेकी छिन्।
मेघना गुल्जारको निर्देशनमा बनेको यो फिल्ममा दीपिकाले मालतीको भूमिका निर्वाह गरेकी छिन्। यो लक्ष्मी अग्रवाल नामक एक युवतीको जीवनमा आधारित सिनेमा हो। उनलाई सन् २००५ मा १५ वर्षको उमेरमा एक पुरुषले नयाँ दिल्लीमा आफ्ना दुई साथीसँग मिलेर विवाह गर्न नमानेको भन्दै एसिड प्रहार गरेका थिए। फिल्मको ट्रेलर हेर्दा एसिड आक्रमणपछि ति युवतीले गरेको संघर्ष दीपिकाको पात्रमार्फत फिल्ममा देखाइँदैछ।
सो घटनापछि अहिले लक्ष्मी एसिड हिंसाविरूद्धको अभियानकर्ता बनेकी छन्।
ट्रेलर :
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।