‘माया भन्ने चिज भयो तिमीबाटै सुरु
यही मायाको संसारमा हिँडे खुरुखुरु
तिमी नै थियो जीन्दगीमा खुसी दिने गुरु
आखिर रुनुपर्ने मैलाई धुरुधुरु...’
गायक शिरिष देवकोटाले गन्धर्व लय जोडेर ‘अञ्जुली’ बोलको भावुक प्रेम गीत बजारमा ल्याएका छन्। उनको आफ्नै शब्द र लय संकलन रहेको गीतमा गाउँघरमा घासदाउरा, मेलापात गर्दा गाइने भाका (घासे,कोदे,काने) पाइन्छ। असारमा गाईने वाली अनि सुदुर पश्चिममा गाइने ठाडीसँग पनि गीतको शैली मेल खान्छ। ‘यो ब्यबसायिक गीत होइन, पुरानो भाका एबम शैली संरक्षणका खातिर यो गीत ल्याएको हुँ, आशा छ, लोक संगीत पारखिहरुको मन जित्नेछ,’शिरिषले भनेका छन्।
गीतमा गोपाल देवको बाँसुरी, कमल विकको सारङ्गी, गोविन्दमधुर आचार्यको कोर्ड रहेको छ। स्मृति तिमिल्सनाले निर्देशन गरेको गीतको भिडियोमा स्मृति, शिरिषसँगै आर्यन, शेर, किरण, स्मारिका लगायतको अभिनय छ।
गीत हेर्नुस्:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।