काठमाडौं- एसियाली विकास बैंक (एडिबी)ले पोखरा-मुग्लिन सडकखण्डको स्तरोन्नतीका लागि २२ अर्ब ३५ करोड रुपैयाँ ऋण दिने भएको छ। यो ऋण सम्झौतामा मंगलबार अर्थसचिव डा राजन खनाल र एडिबीका देशीय निर्देशक मुख्तोर खामुदखानोभबीच हस्ताक्षर भएको छ।
सम्झौताअनुसार एडिबीले उपलब्ध गराएको ऋणबाट १०० किलोमिटर लामो यो सडक स्तरोन्नती गरिनेछ। यो सडक स्तरोन्नतीका लागि धेरै क्षेत्रमा जग्गा अधिग्रहण र साइट क्लिइरेन्सको काम अघि बढिसकेको छ।
यसैगरी एडिबीले खाद्य व्यवस्थापन सुधार तथा बागमती नदी सरसफाइका लागि अतिरिक्त लगानीस्वरुप सात अर्ब ११ करोड ९० लाख, जीविकोपार्जन सुधार तथा साना किसानको आयआर्जन वृद्धिका लागि पाँच अर्ब ६५ करोड र कृषि तथा खाद्य सुरक्षासम्बन्धी नेपाल सरकारका नीतिगत सुधारका कार्यक्रममा सघाउन ५अर्ब ६५ करोड रुपैयाँ प्रदान गर्नेछ।
एडिबीको सहयोगमा बागमती नदी सौन्दर्यकरण आयोजना अघि बढिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।