लगातार तेस्रो दिन पनि बढ्यो नेप्से , २ दशमलव ४८ अंकको  वृद्धि

नेपाल लाइभ | २०७६ मङ्सिर २४ मंगलबार | Tuesday, December 10, 2019 १६:३१:०० मा प्रकाशित

काठमाडौं- नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक लगातार तीन दिनदेखि उकालो लागेको छ।

यो साता कारोबारको पहिलो आइतबार ३ दशमलव ४५ अंकले बढेको परिसुचक सोमबार १३ दशमलव ५१ अंकले बढेको थियो।

मंगलबार २ दशमलव ४८ अंकले बढेर १ हजार १ सय ५१ दशमलव ३६ को अंकमा कायम भएको छ। 

१ सय ७० वटा कम्पनीको १६ लाख ५३ हजार ४ सय ९० कित्ता सेयर ६ हजार ९ सय ७५ पटक किनबेच हुँदा ४९ करोड ८४ लाख ९८ हजार ७ सय ४१ रुपैयाँ बराबरको कारोबार भएको छ। 

जलविद्युत समूह, निर्जीवन बिमा समूह, उत्पादन समूह र अन्य समूह क्रमशः ४ दशमलव ५२, २ दशमलव ९५, ८ दशमलव ५७ र ११ दशमलव २३ अंकले घटेको छ भने बाँकी सबै समूहको उपसुचक बढेको छ।

सबैभन्दा धेरै माछापुच्छ्रे बैंक लिमिटेडको ७ करोड ५३ लाख ३२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। 

सबैभन्दा बढी कमाउनेमा नयाँ नेपाल लघुवित्त विकास विकास बैंक लिमिटेडका लगानीकर्ताले प्रतिकित्ता ९ दशमलव ९१ प्रतिशतका दरले कमाएका छन् भने सबैभन्दा धेरै गुमाउनेमा अरुण काबेली लिमिटेडका लगानीकर्ताले प्रतिकित्ता ४ दशमलव शून्य ९ प्रतिशतका दरले गुमाएका छन्।