सिरहा- सिरहाको मारुती सिमेन्ट उधोगमा एक मजदुरकाे मृत्युकाे विषयलाई लिएर पूर्वपश्चिम राजमार्गअन्तर्गत चोहर्वा सडकखण्डमा विराेध प्रदर्शन भएकाे छ। विराेधमा मजदुर र आफन्तले सडक अवरुद्ध गरेका थिए।
उधोगमा २ वर्षदेखि कार्यरत २१ वर्षीया अनिता पासमानलाई व्यवस्थापन पक्षले रोजगारीबाट हटाएपछि उनले आत्महत्या गरेकाे आफन्तले बताए।
गोलबजार नगरपालिका ९ गोविन्दपुरकी पासमानलाई व्यवस्थापन पक्षले मंगलबार जागिरबाट हटाएपछि उनले आत्महत्या गरेको प्रहरीले जनाएकाे छ। मारुती सिमेन्टमा काम गर्ने मजदुर, स्थानीयलगायतले उधोग अगाडि सडकमा टायर बालेर यातायात अवरुद्ध गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।