जनकपुर- १३औँ दक्षिण एसियाली खेलकुद (साग) उद्घाटनक बेला रातमा चौरमा छुटेको पटाका पड्काउँदा घाइते भएका बालकको उपचारको क्रममा मृत्यु भएको छ।
जनकपुर उपमहानगरपालिका १३ स्थित कबर्ड हल नजिकैकी निर्मला राउतका १० वर्षीय छोरा आलोक राउतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। धनुषाका प्रहरी निरीक्षक उमाशंकरप्रसाद साहका अनुसार बालककाे धरानस्थित बिपी कोइराला मेमोरियल अस्पतालमा उपचारको क्रममा मंगलबार मृत्यु भएको हाे।
जनकपुरधाममा आयोजित सागकाे उद्घाटन समारोहमा गरिएको आतिसबाजीका क्रममा चौरमै छुटेको पटाका बालकले भेटाएर पड्काएका थिए। पटाका पड्काउने क्रममा जीउमा आगो लागेर उनी घाइते भएका थिए।
मंसिर २० गते कुस्ती खेलको उद्घाटनका क्रममा नपड्केकाे पटाका बालकले घरमा लगेर खेलाउँदा पड्केकाे थियाे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।